रंगेली । चर्चित हुने सपना पालेका मोरङको जहदा गाउपालीका २ का तुलसी कलाकार आखाँमा पट्टि बाधेर मुर्ति बनाएर गिनिज बुक अफ वल्ड रेकडमा आफ्नो नाम दर्ज गराउन कस्सिएका छन । आखाँ हेरी हेरी मुर्ति बनाउन जसको तसको बसमा हुदैन तर तुलसी आखाँमा पट्टि बाधेर सुन्दर मुर्ती बनाउ छन् । सात वर्षको उमेर देखि मुर्ति बनाउन थालेका तुलसीले भने‘सबैले चिनोस भन्ने सपना कसको हुदैन ।’ उनले भने ‘त्यहि सपनाले मलाई यस्तो गर्ने सोच आएको हो ।’ विगत दुइ वर्ष देखि तुलसी ठाँउ–ठाँउमा मुर्ति बनाउने कला देखाउदै हिडी रहेका छन् । अहिले सम्म धेरै मुर्ति बनाएका तुलसीको गनिज बुकमा नाम लेखाउने सपना छ । उनले थर समेत फेरे कलाकार राखेका छन् । आखाँमा पट्टि बाधेर ५० मिनेटमा १५ इन्चको अग्लो बुद्धको सुन्दर मुर्ति बनाएर हर्ने सबैलाई चकित परे । साना ठुला सबै खाले मुर्ति आखाँमा पट्टि बाधेर बनाउन सक्ने तुलसीले भने ‘मुर्ति अनुसार समय कम बेसि लाग्न सक्छ ।’ सीमेन्ट,धातु,माटो,मार्वलको धुलो, फाइब आदिबाट धेरै मुर्ति बनाउने अनुभव संगाली सकेका छन् । भारतमा पनि मुर्ति बनाउने ठुला प्रोजेक्टमा काम गरेको अनुभव उनी सँग छ । एक छोराका बाबु तुलसी प्रथामिक विद्यालयका शिक्षक समेत हुन । उनी जहदा गाउपालीका–१मा रहेको श्री दुर्गा माविमा शिक्षण गर्छ । तुलसीले मुर्ति बनाउने कला बुबा बाट सिकेका हुन । उनका बुवा झल्लु मण्डल पनि मुर्ति बनाउ थिए । अहिले बृद्ध भएकोले स्वस्थ्यले साथ नदिने तुलसी बताउ छन् । सानै देखि कलाको माध्यमबाट केहि गर्ने सपना पालेका तुलसीले धेरै मेहेनत गरेका छन् । आमा बाबु, श्रीमती र छोराको जिम्मेवारीे काधमा हुदाहुदै पनि धेरै अभ्यास पछि आखाँमा पट्टि बाधेर मुर्ति बनाउन सिकेका हुन । २८ वर्षी तुलसी भन्छन ‘ धेरै अभ्यास पछि मात्र म आखाँमा पट्टिबाधेर मुर्ति बनाउन सक्ने भए ।’ उनले भने ‘ आभ्यासको क्रममा घरको धेरै काम वित्थ्यो तैपनि आफुलाई रोकिन र आज गर्न सक्ने भए ।’ तुलसी नेपालमा कलाकारको भविष्य नभएको दुखेसो गर्छन ।‘ नेपालमा कलाको कदर छैन’– उनले गुनसो गरे । नेपालमा कला सृजना गरेर जिवन गुजारा गर्न मुस्किल रहेको उनी बताउ छन् । सबै माझ चिनीन गिनिज बुक आफ वल्ड रेकर्डमा नाम लेखाउन मेहेनत गरिरहेका तुलसीले भने ‘ बाहिर नआए सम्म त कसैले पनि चिन्दैन नी ।’