पथरी(ब्लाष्ट) । कानेपोखरी गाउँपालिका वडा नं. ५ स्थीत भौसाबारीको विच्चली परेका गुदस ऋषिदेवलाई जनजागृती सामुदायीक वनले एक तले पक्काको घर उपहार दिएका छन् । घरपाए सँगै ऋषिदेव परिवार खुशि भएका छन् । शुक्रबार जिल्ला वन महासंघ मोरङका अध्यक्ष अग्नि पौडेल र जिल्ला वन कार्यालय मोरङका वन अधिकृत डा. विनोद देवकोटाले सँयुक्तरुपमा ऋषिदेव परिवारलाई घरको चावी हस्तान्तरण गर्दै घर उपहार दिएको हो । वडा नं. ५ मा रहेको जनजागृती सामुदायीक वन उपभोक्ता समूहको आर्थिक बर्ष २०७४/०७५ अन्तरगत विपन्न वर्गलाई आवास कार्यक्रममा घर निमार्ण गरिएको थियो । घरको चावी लिर्दै गुदस ऋषिदेवले आफ्नो घरपरिवारलाई घर उपहार दिएर उद्धार गरिदिएकोमा वनलाई धन्यवाद दिएका थिए । घर हस्तान्तरणगर्दै महासंघका अध्यक्ष पौडेलले सामुदायीक वनको रोजगार यस्ता विपन्न वर्गकाहरुलाई दिनुपर्ने बताउँदै यसकार्यक्रमलाई निरन्तरता दिनु पर्ने बताएका थिए । जनता आवास कार्यक्रम अन्तरगत घरको डिजाइन गरेर सामुदायीक वनले बर्षमा एउटा घर होइन यहि लागतमा वनले ३ वटा जति घर वनाउनुपर्नेमा जोदिएका थिए । त्यसैगरी विशिष्ट अतिथि समेत रहेका वन अधिकृत देवकोटाले सामुदायीक वन नयाँ भएपनि राम्रो काम भएको प्रशङ्सा गरेका थिए । सामुदायीक वनको हैसियत सुधार गर्दै ज्ञान र शिपमा लगानी गरेर रोजगार बनाउनु पर्ने देवकोटा बताएका थिए ।
ऋषिदेव परिवारलाई कानेपोखरी–रंगेली सडकले छोएको भौसाबारी चौकमा चैतु राजवंशीको नम्बरी जग्गामा २०३० साल भन्दा अघिदेखि वसोवार गर्दै आएका थिए । चैतु राजवंशीले ऋषिदेव वसोवास गरेको स्थानमा सोहनका बुवा फुदन चौधरीलाई मोहि जग्गा दिएका थिए । सोहन चौधरीले त्यहाँबाट उठाएर सोहनलाल र काका हुलाराम चौधरीले खेतको विचभागमा ४ घर परिवारलाई २ लाख ५० हजारमा १० धुर जग्गा किनिदिएका थिए । त्यसै ठाउँमा एकजनालाई घरमा आवास कार्यक्रम अन्तरगत गुदसको घर बनाइ दिएको हो । २ कोठे परन्डा भएको एक तले टिनको छानो भएको घर सामुदायीक वनले ३ लाख ८०हजार ६ सय ४५ रुपैयामा बनाइदिएका थिए । कार्यक्रममा बेलबारी सेक्टर वन कार्यालयका अधिकृत सत्रुधनलालदेव लगाएत अतिथि रहेका थिए । कार्यक्रम संचालन वन समितिका सचिव तुलसा खड्काले संचालन गरेकी थिए भने कार्यक्रमको अध्यक्षता वन समितिका अध्यक्ष पूर्णवहादुर अधिकारीले गरेका थिए । २सय १० हेक्टर क्षेत्रफलमा १९ सय घर परिवारले वन रेखदेख गर्दै आएका छन् ।