पानवारी । चाइल्ड आइकन धरान–२०१८ को उपाधी जुनियर तर्फ युमिना थुलुङ र सिनियर तर्फ नेहारीका लिम्बूले जितेका छन् । आइकनको सिनियर तर्फको उपाधी विजेता लिम्बू विष्णु मेमोरियल स्कुलमा अध्ययरत छिन् भने जुनियर तर्फको उपाधी विजेता थुलुङ केके इन्टरनेशन स्कुलमा अध्ययत छिन् । चाइल्ड आइकन जुनियर तर्फ फस्ट रनरअप समिट स्कुलका जिबिट लिम्बू र सेकेण्ड रनरअप केके इन्टरनेशनल स्कुलकी रिजा श्रेष्ठ घोषित भएकी थिइन् । त्यस्तै गरी सिनियर तर्फ समिट स्कुलका अनन्त तामाङ र आइडियल इङ्लिस स्कुलका अंकित राई घोषित भएका थिए । धरानका विभिन्न स्कुलमा अध्ययर विद्यार्थीहरु सहभागी भएको चाइल्ड आइकन धरान–२०१८ मा ३ सय भन्दा बढीले अडिसन दिएका थिए भने अडिसनबाट फाइनल राउण्डका लागी ६५ जना छानिएका थिए । ६५ जना मध्ये सिनियर र जुनियर गरी दुई समुह बनाएर चाइल्ड आइकन छानिएको आयोजक मिडिया ल्याण्डकी मेनेजिङ डाइरेक्टर प्रतिमा श्रेष्ठले जानकारी दिएकी छन् । आइकनमा विजयी विद्यार्थीहरुलाई धरानका विभिन्न विद्यालयले ३ वर्षको छात्रवृत्ति प्रदान गर्ने भएका छन् भने विजयीहरुलाई युरोपको विभिन्न देशमा हुने कार्यक्रममा सहभागी गराइने र सिक्किम, दार्जिलिङ लगायतका स्थानमा भ्रमणमा लैजाने श्रेष्ठले जानकारी दिइन् ।