पथरी । आठ बर्ष समय बैदेशीक रोजगार मलेसियामा बिताएर आएका विवेक चौधरीले गाउँमै आयमुलक उद्योग संचालन गर्दै आएका छन् । गाउँमा हेर्नेको भिडहुन्छ, संचालित उद्योग अहिले गाउँमा गतिलो उदारहण पनि बन्दै आएका छन् । मोरङ कानेपोखरी गाउँपालिका–४, स्थीत नारायण चौकका ३० बर्षिय चौधरीले गाउँमै १० लाख लगानीमा विधिका वेकरी उद्योग संचालन गरेको हो । उद्योगमा चौधरीले अहिले १० किसिमका बिस्कुटहरु उत्पादन गर्दै आएको छ । उद्योगमा जेठको अन्तिम महिना देखि उत्पादन सुरु गरेको हो । कोकीस,कप केक,बदाम बिस्कुट,खास्ता,चकलेट बिसकुट,तिल बिस्कुट,नमस्ते पाउरोटी,क्रिम रोल,केक र डुनोटको आइटम उत्पादन गर्ने गरेको संचालक विवेक चौधरी बताउँछन् ।
आइतबार वडा नं. ४ का वडाध्यक्ष धनबहादुर राई र वडा सदस्य रोषण लामिछाने गुरुङले पनि उद्योगलाई अध्ययन र अनुगमन गरेका थिए । अनुगमनमा उत्पादित बिस्कुटको स्वाद चाख्दै निमार्ण स्थदल सरसफाई रहेको, संचालक आफैले बनाउने भएपछि उद्योगको संभावना रहेको वडाध्यक्ष राईले बताए । तत्काल एउटा एक तले भवनमा सुरु गरेको छ । पछि गएर यो व्यवसाय बढाएर उत्पादनको आकार ठुलो बनाउने भएका छन् । अहिले दैनिक दुई बोरा पिठोको बिस्कुटको आइटमहरु उत्पादन गर्ने गरेका छन् । त्यस उत्पादनलाई बढाएर दैनिक १० बोरा पिठोको बिस्कुट उत्पादन गर्ने लक्ष्य रहेको उद्योग संचालक चौधरी बताउँछन् । उनले उद्योग मात्र संचालन गरेका छैनन् गाउँका ५ जना युवाहरुलाई रोजगारी पनि दिएका छन् । तीन जना बिस्कुट उत्पादनमा भने दुई जना बिस्कुट लिएर बजारमा जाने गरेका छन् । उद्योग संचालक आफै बिस्कुट उत्पादन गर्ने मुख्य कालिगढ हो । दैनिक उनि संग संगै पाँच जनाले सहयोग गर्ने गरेका छन् । तत्काल बजार कम भएकोले उत्पादन कम गरेको हो । बजार खोजेर विस्तारै बजार बढाउँदै लैजाने र उत्पादन भएको आइटमहरु अरु भन्दा अलि सस्तो हुने चौधरीले बताए । अहिले रमाइलो,बयरवन बजार, दोहमना,बिहिबारे,पथरीशनिश्चरेहरुको पसलहरुमा लग्ने गरेका छन् । उत्पादन बस्तु माग अनुसार पसल पसल पुर्याई दिने गरेका छन् । केही विस्कुटहरु गाउँमै पनि बिक्रि हुने गरेका छन् । कसैको बर्थडे गर्नु परेमा रमाइलो,बयरवन बजारबाट बर्थडे केक लिन पथरीबजार नै जानु पर्ने बाध्यता थियो ।
तर अव त्यो बाध्यता हटेर गएको छ । अरु ठाउँको भन्दा सस्तो हुने बताएका छन् । उनले बजारको लागी एउटा मोटरसाइकल किनेको छ । त्यही मोटर साइकलबाट बजार सम्म बिस्कुटको आइटमहरु पुर्याउने गरेका छन् । अहिले रमाइलो बजारमा डिलर भखरै संचालनमा छ । उत्पादित केक आइटमहरु त्यही ल्याएर राखिने चौधरीले बताए । उद्योग संचालक विवेक चौधरीले ८ बर्ष मलेसियामा हुदा वेकरी उद्योगमा काम गरी बिभिन्न आइटमका बिस्कुट बनाएको अनुभब छ । उनले बयरवन बजारमा १० दिने बेकरी तालिम पनि दिइसकेको छ । संचालक चौधरीका अनुसार हामीले विदेशमा धेरै मिहिनेत गछौँ तर नेपाल आएपछि मिहिनेत गर्दैनौ । त्यतिकै मिहिनेत गर्दा कसो नसकिएलात भनेर उद्योग थालनी गरेको बताए । उनले भने –‘कति विदेश बस्नु, आफ्नै देशमा केही गर्न सकिन्छकी भनेर उद्योग थालेको छु । मैले मलेसियामा महिनाको ७० हजारको तलब छोडेर अहिले यो पेसा अपनाएको छु । सबैको साथ मिलो भने म एक दिन गाउँमै महिनाको ७० हजार यही हुने गरी उत्पादन गर्ने सक्ने छु ।’ पूर्वपश्मि राजमार्ग अन्तरगत कानेपोखरी चौक देखि ८ किलोमिटर दक्षिण गएपछि नारायण चौक आउँछ । नारायण चौक देखि दक्षिण चौधरी गाउँमा वेकरी उद्योग संचालन गरेको हो ।