संखुवासभा ।संखुवासभाको जिल्ला सदरमुकाम स्थित खाँदबारी नगरपालिकाको नगर बाल भेला नयाँ जोसका साथ सुरु भएको छ । बाल क्लबहरुबाट ७० बालबालिकाहरुको उपस्थितीमा बढो उल्लासका साथ नगरपालिकाका मेयर मुरारी प्रसाद खतिवडाले बाल भेलाको व्यानर कम्प्युटरमा क्लिक गरेर बाल भेलाको उद्घाटन गरे । हलमा बालबालिहरुको गडगडाहट तालीबाट स्वागत पाएका मेयर खतिवडा उल्लासका साथ बालबालिकाको उत्कृष्ठ उपलब्धीको मेरुदण्डको रुपमा बाल भेला सफलताको शुभकामना दिए । उनले नगर विकास योजना बनाउदै गरेको महत्वपुर्ण समयमा बाल भेला आयोजना हुनुले नगरपालिकालाई बालमैत्री योजनाहरु निर्माण गर्न सहज हुनसक्ने आशा समेत व्यक्त गरे । नगरपालिकामा बालबालिका सम्बन्धी कुनै किसिमको कार्यक्रमहरु निर्माण गरि नगरसभाको लागि ल्याउन बाल क्लब तथा सम्बन्धीत सरोकारवालाहरुलाई अनुरोध समेत गरे । केन्द्रिय बालकल्यण समितिका बाल अधिकार स्रोतव्यक्ति सुमन अधिकारीले बालबालिकाहरुलाई कछुवाको कथाबाट सेसनका कक्षाहरुको शुभारम्भ गरे । उनको केहि बेर एकअर्काबीचको परिचयात्मक कार्यक्रमलाई अगाडी बढाए । सहभागी भएका बालबालिकाहरुको उत्सुकतामा ध्यान दिंदै नारी विकास संघ मोरङकी स्वस्तिका शर्मा पोखरेल कक्षालाई अगाडी बढाईन् । बालबालिकाको दैनिकी, अभिभावकसंगको सामिप्यताका विषयमा छलफल गरे । उनले अभिभावकसंग बालबालिको घरमा सम्बन्ध नजिकको हुनु पर्ने बताए । छोराछोरीले घरैबाट आफ्नो व्यवहारमा सकारात्मक परिवर्तन ल्याउन सके समाजको सकारात्मक परिवर्तन ल्याउन मात्र नभई बालमैत्री वातावरण सृजना गर्न सकिन्छ । सहजकर्ता स्वस्तिकाले असल साथी चिन्ने र बनाउने विषयमा पनि बढो गज्जबका साथ प्रसङ्ग उठाईन् । मान, ईज्जत र प्रतिष्ठामा ख्याल गर्ने साथी असल हुन्छ । असल साथीका विषयमा सहभागी बालबालिकाहरुले पनि बढो उत्सुकताकासाथ ध्यान दिए । किशोरावस्थाका बढि संख्या रहेको सहभागीहरु माया, मोह र प्रेमका विषयमा पनि उनले प्रसङ उठाईन् । आफुमाथि हुने हिंसा यहि कारणबाट सुरु हुने विषय खोतालिन् । के राम्रो, के नराम्रो भन्ने विषयमा आफुले पहिले विचार गर्नु, आफुमा भएका हरेक विषयहरु आफ्ना अभिभावकलाई सेयर गर्ने वानीका विकास गर्नु पर्ने विषयमा कक्षा भए । मानसिक विकासको महत्वपुर्ण समय किशोरावस्था रहेको र यो समयमा हामी आफै सजग हुनु पर्ने सहभागीको बुझाई छ । बालबालिकाको योजना निर्र्माण गर्दा आवश्यक पर्ने विषय तथा क्षेत्रहरुको निर्माणका लागि १० बर्ष मुनिका, १०–१४ बर्षका र १४–१८ का तीन समुह मार्फत बालबालिकाको जोखिमपुर्ण स्थानको बालबालिकाकै नक्साबाट योजना निर्माण कार्य गरिएको थियो । योजना निर्माण गर नगरसभाको लागि नरपालिकामा पेश गरिनेछ । नगरपालिकालाई बालमैत्री नगरपालिका बनाउनमा महत्वपुर्ण कोशेढुँगाको रुपमा यस बाल भेलार्ला लिईएको छ । दुई दिनसम्म सञ्चालन हुने बाल भेलाबाट विगत चार बर्ष अगाडीबाट पुनर्गठन हुन नसकेको नगरपालिका स्तरको बाल क्लब सञ्जालको नयाँ समिति समेत निर्माण हुनेछ । मकालु त्रिशक्ति समुह नेपाल (माट्स नेपाल)को आयोजना, जिल्ला बाल क्लब समन्वय समितिसंगको समन्वय र खाँदबारी नगरपालिकाको सहयोगमा भेलाको आयोजना भईरहेको छ । बाल भेला सोमबारसम्म जिल्ला समन्वय समितिको हलमा सञ्चालन हुने छ ।