बेलबारी । सुन्दरहरैचा नगरपालिकाका प्रमुख शिव ढकालले सुन्दरहरैंचालाई विकासको बगैंचा बनाउने लक्ष्य सहित बजेट आएको बताएका छन् । आईतवार जेसिज हलमा भएको नगरको तेस्रो नगरसभामा ढकालले सो बताएका हुन् ।
नगरपालिकाले भौतिक पूर्वाधारको क्षेत्रमा सडक,वत्ती,खानेपानी,भवन निर्माण लगायतका विषयलाई प्राथमिकतामा राखेको छ । नगरप्रमुख उज्यालो सुन्दरहरैंचा कार्यक्रम मार्फत नगरलाई उज्यालो बनाउने लक्ष्य लिएको छ । साथै प्राकृतिक श्रोतसाधनको समुचित उपयोग गरेर यस क्षेत्रलाई पर्यटीय नगरको रुपमा विकास गर्न कार्यक्रमहरु संचालन गरिने नगरका प्रमुख ढकालले बताएका छन् । कार्यक्रममा बोल्दै नगरप्रमुख ढकालले सुन्दरहरैचा नगरपालिकालाई विकासको बगैचाको रुपमा अगाडी बढाउने खालको बजेट ल्याएको छु । यसमा सबै राजनीतिक दलले पार्टीभन्दा माथि उठेर विकास निर्माणका काममा अगाडि बढ्न आग्रह गरे । कृषिलाई व्यवसायीकरण गर्दै पर्यटन र नगर विकास गर्दै समृद्धितर्फ अगाडी बढनुपर्नेमा पनि ढकालले जोड दिएका छन् । सुन्दरहरैंचाको आर्थिक वर्ष २०७५÷०७६ को लागि ७९ करोड ११ लाख ६३ हजार रुपैयाँ बजेट प्रस्तुत् गरिएको छ । नेपाल सरकारको सशर्त अनुदानबाट ४१ करोड ५२ लाख, आन्तरकि आयबाट ७ करोड ८५ लाख, प्रदेश सरकारबाट २ करोड ६३ लाख ४२ हजार प्रस्तुत् गरिएको छ । त्यसैगरी राजस्व वाडफाडबाट १३ करोड ३७ लाख, सामाजिक सुरक्षाबाट १५ करोड ९० लाख रुपैयाँ बजेट बिनायोजन गरिएको छ । पूँजीगत खर्चतर्फ सामाजिक विकासको लागि १ करोड ९९ लाख, पूर्वाधार विकासको लािग ४ करोड ५५ लाख, वातावरण तथा विपद व्यवस्थापन ५५ लाख, सार्वजानिक सेवा तथा क्षमता विकासको लागि ५९ लाख १८ हजार रुपैयाँ विनायोजन गरिएको छ । प्रकोप व्यवस्थापन विशेष कोषको लागि १ करोड, वातवरण विकास कोषको लागि १ करोड २५ लाख, गौरवको योजनाहरुमा १ करोड रुपैयाँ विनयोजिन गरिएको छ । नगरपालिकाले प्रत्येक वडाको लागि १ करोड ११ लाख रुपैयाँ बजेट विनायोजन गरेको उपमेयर धना तामाङले प्रस्तुत् गरेकी थिईन् । बजेट संगै प्रस्तुत् नीति तथा कार्यक्रममा कृषक तथा उद्यमीहरुलाई केहि राहतको कार्यक्रम ल्याएको देखिएको छ । प्रस्तुत् नीति तथा कार्यक्रम कृषक र उद्यमीलाई शुभल ऋण दिएर जीवन स्तर उकास्ने योजना अगाडि सारेको छ । खेतीपाती र पशुपालन तथा पशु एवं कृषि जन्य उद्योग संचालन गर्न चाहनेका लाग प्रत्येक वडामा शुलभ ऋण प्रदान गर्ने कार्यक्रम ल्याएका छन् । त्यसैगरी लघु उद्यमको विकासको माध्यमबाट गरिबी निवारण गर्न उद्योग वाणिज्य संघ मार्फत संचालित लघु उद्यम संचालनमा ल्याउन जोडदिने योजना प्रस्तुत् गरिएको छ । साथै सहकारीसंगको सहकार्यमा स्वरोजगार कार्यक्रम पनि संचालन गर्ने लक्ष्य राखेको छ । नीति तथा कार्यक्रममा अन्य विपी कोइरालाका केहि कार्यक्रमलाई परिमार्जित गरि अनुकरण पनि गरिएको छ । जस्तै किसान संग नगरप्रमुख कार्यक्रम, जेष्ठ नागरिक संग नगरपालिका, विद्यार्थी संग उपप्रमुख आदि कार्यक्रम संचालन गर्ने नगरको नीतिमा उल्लेख छ । गुणस्तरीय शिक्षालाई जोड दिदै माध्यमिक तह सम्म निशुल्क शिक्षा, मातृभाषामा अध्यापन , दलित तथा विपन्न विद्यार्थीलाई पुरस्कारको व्यवस्था गरेको छ ।
धरानको बजेट १ अर्ब ८० करोड, ‘योजना बैंक’ मार्फत् विकास गर्ने नीति विराटनगर महानगरको बजेट ४ अर्व ४७ करोड, २ वर्षमा हिलाे मुक्त विराटनगर भद्रपुरको बजेट ७२ करोड फिदिम नगरपालिकाको बजेट करीब ६४ करोड