बेलबारी । सन् २०१७ सम्ममा नेपाललाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने अभियानलाई पूर्णता दिन मोरङको बेलबारी नगरपालिकालाई आईतवार एक कार्यक्रमको आयोजना गरि खुल्ला दिशा मुक्त नगरपालिका घोषणा गरिएको छ । जनप्रतिनिधि विहीन अवस्थामा यो अभियान प्रभावकारी नभएपछि अहिले स्थानियतहमा जनप्रतिनिधि आए पछि यो कार्यक्रमले पूर्णता पाउँदै गएको छ । बेलबारीका सबै घरमा शैचालय बनेपछि दिसामुक्त नगर घोषणा गरिएको नगरले जनाएको छ । बेलबारी नगरका १२ हजार ८ सय ९२ घर धुरीमा शौचालय बनिसकेको हुँदा नगरलाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको मेयर ज्ञानेन्द्र सुबेदीले बताए । मातृभुमि महिला समाज तथा सामुदायिक बिकास समाज लगायतका संस्थाको प्राविधिक सहयोगमा नगरपालिकालाई खुल्ला दिशामुक्त घोषणा गरिएको हो । यसैगरी कार्यक्रमका प्रमुख अतिथि तथा प्रतिनिधिशभाका सदस्य भानुभक्त ढकालले वृद्ध भत्ता रकमलाई पाँच वर्षभित्रमा पाँचहजार बनाउने भनिएकोले अहिले नै अर्जेनटिनाका मेस्सी जस्तो केपि ओली प्रति निरास नभईहाल्न व्यंग्यात्मक रुपमा अनुरोध गरे । कार्यक्रमकै अवशरमा चार जना वृद्ध महिला स्वयंम् सेविकालाई नगद पुरस्कार सहित विदाई पनि गरिएको थियो ।