जिरोपोइन्ट/नेपाल मगर साँस्कृतिक सङ्घ धरान नगरको तदर्थ समिति सिर्जना राना मगरको अध्यक्षतामा शनिबार गठन भएको छ ।
समितिको उपाध्यक्ष, सचिव, कोषाध्यक्षमा क्रमशः लसिरा थापा, सरुपा थापा र गृष्म थापा मगर चयन भएका छन् । यसैगरी सदस्यहरूमा नविना राना, एलिसा थापा र तृप्ति राना चयन भएको नेपाल मगर सङ्घ धरानका नगर अध्यक्ष चित्रराज थापा मगरले जानकारी दिए ।
नव निर्वाचित पदाधिकारीलाई शनिबारै सपथ ग्रहण गराइएको छ । नेपाल मगर सङ्घ सुनसरीका उपाध्यक्ष नरकुमार मगराती मगर, नेपाल मगर युवा संघ धरानका सचिव ईश्वर पुलामी मगर, गायक शिव थापा मगरलगायत सहभागी थिए ।
मगर साँस्कृतिक सङ्घमा सिर्जना
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































