पाँचथर / जिल्लाको दक्षिणी भेग कुम्मायक गाउँपालिकाले बर्षादको पानी संकलन गर्ने प्लाष्टिक पोखरी खरित प्रक्रिया अघि बढाएको छ । आर्थिक बर्ष २०७४/७५ को गाउँसभाबाट पारित बजेट २४ लाख ४८ हजार रकमबाट एक सय ४५ थान प्लाष्टिक पोखरी गाउँपालिकाले खरित गर्ने भएको हो । खानेपानीको समस्याबाट स्थानियहरुलाई कृषि र पशुपालन क्षेत्रमा गंम्भिर असर पारेको भन्दै कार्यालयले प्लाष्टिक पोखरी खरित गर्न लागेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भटराईले बताए । पाँच वटा वडा भएको गाउँपालिकामा साविकका सबै वडामा पाँच–पाँच वटाको दरले कृषकलाई प्लाष्टिक पोखरी बितरण गर्ने अधिकृत भटराईले बताए । दुई सय जिसियमका आठ मिटर चौडाई र दश मिटर लम्बाईका एक सय ४५ थान प्लाष्टिक पोखरी सबै वडाका साबिक वाडहरुमा बितरण गर्ने गाउँपालिकाले जनाएको छ । प्रतेक प्लाष्टिक पोखरीमा तीस हजार लिटर पानी संकलन गर्ने क्षमताको हुने प्राबिधिकहरुले बताएका छन । कुम्मायक गाउँपालिकामा खानेपानीको समस्या भोग्दै आएका स्थानीयहरुले बिभिन्न उपायहरु अपनाउँदै आएका छन । उनिहरुले ब्याक्तिगत लगानीमा बर्षादको पानी संकलन गर्ने आकाशे पोखरी, सिमेन्ट प्लास्टर गरि ट्रयाङकी निर्माण र प्लाष्ट्रिक पोखरी खरित गरेर खानेपानीको जोहो गर्दै आएका छन । जसलाई गाउँपालिकाले पनि सहयोग गर्दै आएको छ । स्थानीयको मागलाई आधार माग्दै गाउँपालिकाले प्लाष्टिक पोखरी खरित गरेको गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङले बताए । उनले बिगतको जस्तो पोखरीको दुरुपयोग हुन नदिने भन्दै प्राबिधिकको स्टमेट अनुसारको खाल्डो तयार गरेको अबस्थामा मात्रै पोखरी बितरण गर्ने बताए । प्रतेक आर्थिक बर्षमा प्लाष्ट्रिक पोखरी खरित गरि कृषकलाई बितरण गर्नेमा चेम्जोङले जोड छ ।