भद्रपुर । प्रदेश नम्बर १ का मुख्य मन्त्री शेरधन राईले १ नम्बरलाई नमुना प्रदेश बनाउन एउटै मूलबाटोमा हिडेर गन्तव्य चुम्नलाई हातमा हात मिलाएर अघि बढ्नु पर्ने बताएका छन् । स्वर्गीय देवीप्रसाद उपे्रतीको २६ औ स्मृति दिवसको अवसरमा देवीप्रसाद उप्रेती निजानन्द आश्राम परिवार झापाले सोमबार भद्रपुरमा आयोजना गरेको कार्यक्रममा मन्त्री राईले यस भन्दा अघि साना गोरेटो बाटाहर हिडेर अलमलमा परिरहेकोले अब एक ढिक्का भएर मूलबाटो प्रयोग गर्नु पर्ने धारणा अघि सारेका हुन् ।
देशको समृद्धि पस्कनका लागि तीनवटा सरकार निर्माण भइसकेकोले अब जनताले अनुभुति पाउने गरिको काम गर्नु पर्ने मुख्य लक्ष्य रहेको औल्याएका छन् । लामो समयसम्म रुमलिएर दलदलमा फसेर उठ्नै नसकेको देशलाइ विशाल मैदानमा लिएर आउने काम भएकोले यसतर्फ सवैको ध्यान जान जरुरी रहेको बताएका छन् । कसैको आर्शिवाद र कृपाले दिएको कानून नभई जनताको हातबाट बनेको मूल कानूनले आफैलाई देशको मालिक बनाएर साझा उद्देश्य पुरा गर्न अगाडि बढिरहेको समेत उनले प्रष्ट्रयाएका थिए । नमुन प्रदेश बनाउने सङ्कल्प बोकेर केन्द्रबाट प्रदेशमा आएको उल्लेख गर्दै यो प्रदेशलाई नयाँ इतिहाँसको रचना बनाउनको लागि जिम्वेवारी बोकेर आएको उल्लेख गरे । हाम्रै गौरव हाम्रै शान, सगरमाथा – केचनाले बढाउँछ प्रदेशको उच्च मान भन्ने मुल लक्ष्य प्रदेश सरकारको रहेको उनले जनाएका छन् । यो प्रदेश देशकै बहुआयमिक क्षेत्र भएकोले सवै एकजुट भएर अघि बढेमा समृद्धि प्राप्त गर्न धेरै समय नलाग्ने उनको कथन थियो । हिमाल,वन्यजन्तु नदीनाला,पर्यटकीय क्षेत्र,व्यापारीक केन्द्र लगायतका महत्वपूर्ण सम्पदाले घेरिएर बसकेको प्रदेमा सहीसदुपयोग गर्दै नमुना प्रदेश बनाई समृद्धि प्राप्त गर्न सकिने बताएका छन् । प्रदेश १ लाई अध्यारो मुक्त वनाउन पाँचवर्ष भित्र पन्ध्रसय मेघावट विद्युत् उत्पादनका लागि गृहकार्य शुरु भएको समेत उनले उल्लेख गरेका थिए ।
अन्दाजी एक हजार विगाहा जग्गा दान गर्ने नेपालकै पहिलो व्यत्ति हुनसक्ने उप्रेतीको विषयमा प्रदेश सरकारले आश्राम तथा उप्रेती परिवारसँग परामर्श गरेर गुरुयोजना बनाई विषेश ढङ्गबाट सम्मान गर्न प्रदेश तत्पर रहने उनले जनाए ।
विभिन्न क्षेत्रमा योगदान पुर्याएको भन्दै आश्राम परिवारले साहित्कार हेमनाथ अधिकारी, प्राध्यापक उमनाथ ओली र पत्रकार तारामणि सापकोटालाई नगदसहित सम्मान पत्रले सम्मान गरेको थियो । स्वर्गीय उप्रेतीले मेची अञ्चल भरी अन्दाजी एक हजार विगाहा जग्गा शैक्षिक तथा अन्य क्षेत्रमा निःशुल्क दान गरेका थिए ।
आश्राम परिवारका अध्यक्ष त्रिलोचन सङ्ग्रौलाको सभापतित्व तथा मुख्य मन्त्री राईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रदेश सांसद बसन्त बाँनिया,ओम प्रकाश सरावगी,भद्रपुर र दमकका नगर प्रमुख क्रमश जीवन कुमार श्रेष्ठ,रोमनाथ ओली,सम्मानितहरुको तर्फबाट सहित्यकार हेमनाथ ओली लगायतले मन्तव्य राखेका थिए ।
प्रदेश १ लाई नमुना प्रदेश बनाइने– मुख्य मन्त्री राई
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































