रंगेली । प्रदेश १ को सरकारले आगामी आर्थिक वर्ष २०७५(७६ को बजेट संचालनकालागी ल्याइएको विनियोजना विधेयक २०७५ बहुमतले पारित भएको छ । त्यसअघि सभामुख प्रदिपकुमार भण्डारीले संसदमा विनियोजित विधेकमाथि खर्च काटौती प्रताव पेस गर्न दिएको समयमा प्रमुख प्रतिपक्ष दल नेपाली काग्रेसका संससद शिवनारायण गनगाइले प्रस्ताव राखेका थिए । संसदमा गनगाईले भैपरी चालुमा ४३ करोड ३६ लाख ३ हजार २ सय ७ रुपैया, अर्थ विविधमा ८० करोड, भैपरी पुजीगतमा ४८करोड ८८ लाख ८० हजारलाई घटाउन प्रस्ताव गरेका थिए ।उनले सबै शिर्षकमा ५ सय रुपैया राख्न प्रस्ताव गरेका हुन । सबै शिर्षकमा रकम हुँदाहुँदै धेरै रकम भैपरीमा राख्न उपयुक्त नहुने भन्दै मितव्ययीता अपनाउन रकम घटाउनु उपयुक्त हुने उनको भनाइ छ । संसदमा तिन दिन सम्म छलफल भएको विनियोजन विधेकमाथि प्रमुख प्रतिपक्षीदल नेपाली काग्रेसले परिच्छेद १७ बुँदा नं. ११९को (ख) बमोजिम सि.नं. १५,१६ र १९को खर्च कटौति गर्न प्रताव गरेको थियो । संसद गनगाइले राखेकोे प्रस्तावको जवाफ दिन सभामुख भण्डारीले सरकारको तर्फबाट अर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबोलाई समय दिएका थिए । जवाफमा मन्त्री आङबोले कतिपय ठुला आयोजनामा कम रकम विनियोजन भएको छ । त्यस्ता आयोजनामा भैपरि आउने शिर्षकबाट खर्च गरिने उनले बताए । उनले ठुला आयोजनाहरु र त्यसको सम्बोधनकालागी यस्तो गर्नु परेको बताए । उनले शिर्षकको स्रोत नमिल्दा उपयुक्त रकम राख्न सकेनौ जसले गर्दा भैपरी शिर्षकमा रकम राख्नु परेको बताए । मुख्य मन्त्री गार्मीण सडक स्तर उन्नती कार्यक्रम, सार्वजनिक निजि साझेदारी कार्यक्रममा यसै शिर्षकबाट खर्च हुने उनले बताए । नदि नियन्त्र र कटानमा व्यवस्थापनकोलागी न्युन बजेट छ । त्यो यसै शिर्षकबाट सम्बोधन हुने उनले जानकारी दिए ।उनले भैपरीआउने शिर्षकमा रहेको रकम अन्यमितता कुनै पनि हालतमा हुने नदिने प्रतिबद्धता जनाए । साथै प्रदेशका गौरवका आयोजनामा पनि यो रकम खर्च गरिने उनले बताए । सभामुख भण्डारीले प्रतिपक्षी नेपाली काग्रेसलाई प्रस्ताव फिर्ता लिन समय दिएकोमा काग्रेस संसद गनगाइले फिर्ता लिन मानेनन । त्यसपछि सभामुख भण्डारीले खर्च कटौती प्रस्तावलाई निर्णयार्थ संसदम पेस गरेका थिए । जुन बहुमतले पारित भएको थियो ।