रंगेली । प्रदेश १ को सरकारले ल्याएको जिल्ला सभाको काम कार्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ लाई छलफलको लागी न्याय प्रससान तथा विधान समीतीमा पठाइएको छ । यसअघि सभामुख प्रदिपकुमार भण्डारीले विधेयक छलफलकोलागी सदनमा प्रस्तुत गरेका थिए । छलफलमा संसद नवोदिता चौधरीले संघ,प्रदेश र स्थानिय सरकारको काम,कर्तव्य र अधिकारको विषयमा संविधानमा स्पष्ट प्रवधान रहेको बताइन । उनले जिल्ला सभाको विषयमा संविधनले व्यवस्था नगरेको अवस्थामा यसको काम प्रभावकारी नहुने होकि भन्दै शंका व्यक्त गरिन । त्यस्तै अर्का संसद मोहनकुमार खडकाले शक्तिहस्तान्तरण गर्दा अर्को सत्ता जन्मिने खतरा हुन सक्ने बताए । उनले विधेक न्याय प्रसासन तथा विधान समितीमा छलफलकालागी पठाउन माग गरे । संसदमा उठेका सवालको जवाफ दिन सभामुख भण्डारीले सरकारको तर्फबाट आन्तरीक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीलाई समय दिएका थिए । उनले कानुन स्पष्ट र संक्षीप्त हुनु पर्ने भन्दै अक्टोपस जस्तो कानुन बनाएर कता जानेहो भनेर आफै अल्मलमा पर्ने खालको हुन नहुने बताए । उक्त विधेक माथि संसोधन सुचना पेस गर्न सभामुख भण्डारीले ७२ घण्टाको समय दिएका छन् ।