इटहरी । गाली बेज्यती र ज्यान मार्ने धम्की दिएको भन्दै इलाका प्रहरी कार्यलय इटहरी पुगेकी मोरङ सुन्दरहरैचा ५ की राधिका दाहालले प्रहरीबाट न्याय नपाएको गुनासो गरेकी छिन । मगंलबार इटहरीमा पत्रकार सम्मेलन गदै दाहालले इटहरी प्रहरीले पिडक बचाउँन खोजेको आरोप लगाईन । नेताको दबाबमा आफुले इटहरी प्रहरीबाट न्याय नपाएको भन्दै जिल्ला प्रहरी कार्यलय सुनसरीमा उजुरी दिएकी छिन । आर्थिक लेनदेनको बिषयमा इटहरीका बिरेन्द्रकुमार गुरमेहता र दाहालबिच शनिवार भएको विवादमा दाहाललाई अश्लिल शब्द प्रयोग गरी तथानाम गाली गदै मार्ने काट्ने धाकधम्की दिएको पिडित दाहालले बताईन । आफुलाई ज्यानमार्ने सम्मको धम्की दिएको गुरमेहतालाई इटहरी प्रहरीले जोगाउँन खोजेको उनको आरोप थियो । पत्रकारहरु सम्मेलनमा दाहालले भनिन् इटहरी प्रहरीबाट न्याय नपाए पछि जिल्ल प्रहरी कार्यलय सुनसरीमा उजुरी हालेको छु । आईतबार आफुले प्रहरी कार्यलयमा ठाडो निवेदन दर्ता गराउँदा इलाका प्हरी कार्यलयका डिएसपी शिव श्रेष्ठले तपाईहरु इटहरीकै मान्छे हो मिल्नुहोस ,हैन भने अदालत जानु म ताली पड्काउँछु भन्दै खिल्ली उडाएको दाहालले पत्रकारहरु सँग गुनासो गरीन,अश्लिल शब्द सहित धम्काएको प्रमाण बोकेर जादा प्रहरीबाटै निरुत्साहित भएर फर्केनु परेको उनले गुनासो गरिन । उनले आफुलाई धम्काएको ४ मिनेटको अडियो रेकर्ड पत्रकारहरुलाई सुनाईन । मलाई डिएसपी सायबले दबाव पूर्ण रुपमा मिल्नु भने पछि आफु अझै पिडित बन्न पुगेको बताईन । तिन वर्ष अगाडी गुरमेहताले दाहालको श्रीमान कृष्ण पौडेलबाट जग्गा किनेका थिए । मोरगं बलिया चौकको साडे ७ धुर जग्गा १५ लाख ७५ हजारमा बेचेको भए पनि अहिले सम्म २ लाख ६५ हजार लिन बाँकी रहको उनीहरुले बताएका छन । आफ्नो श्रीमतीलाई नानाथरी गाली गर्दा आफुलाई चित्त दुखेको पिडित दाहालकी श्रीमान पौडेलले भने । मेरो श्रीमान मनपरी भन्नेलाई कार्वार्ही हुनु प¥र्यो उनले भने । यती ठुला घट्नामा पनि प्रहरीले उहाँले माफी माग्नु हुन्छ मिल्नुहोस भन्दै दबाब दिएको उनीहरुको गुनासो छ । आइतबार प्रहरी कार्यालयमा छलफल गर्दा डिएसपी श्रेष्ठले आफनो कक्षामा बोलाएर मिल्न दबाव दिएको सुनाउँदै पिडित महिलाकी दाजु रुद्र दाहालले भने प्रहरी पिडक पक्ष सँग मिलेको जनाए । इटहरी प्रहरी गैरजिम्मेवार भाषा वोली पिडितलाई थप पिडित बनाएको भन्दै इटहरी प्रहरी पिडकहरु सँग मिल्दो रहेछ उनले भने । उता पिडक भनिएका गुरमेहताले भने आफुलाई पनि महिलाले गाली बेज्यती गरेको भन्दै प्रहरीमा उजुरी हालेका छन । यता जिल्ला प्रहरी कार्यलय सुनसरीको निर्देशन पछि पिडक गुरमेहतालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । यता इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी शिबकुमार श्रेष्ठले दुबै पक्षको कमी कमजोरी रहेको जनाउँदै पिडित र पिडक भनिएको दुबै पक्षको उजुरी प्रहरीमा परेको बताए । घट्ना हुनुमा लेनदेन,गाली बेज्यती र धम्की जोडिएको कारण गाली बेज्यती र धम्कीको विषयमा आफु हेरे पनि लेनदेनको विषय अदालतमा जानु मात्र भनेको श्रेष्ठले वताए । गुरमेहतलाई प्रहरीले मगंलवार नियन्त्रणमा लिएको भए पनि दुबै पक्षको अनुसन्धान हुने जनाए ।