इलाम । एक नम्बर प्रदेश स्तरीय युवा महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । असार १४,१५ र १६ गते हुने तीन दिने युवा महोत्सवको अवसरमा इलामको टुडिँखेल हुदैँ इलाम बजार श्रृङगारिएको छ । होत्सव सम्पन्न गर्नका लागि १ सदस्यीय मूल समारोह समिति र १४ वटा उपससमिति गठन गरिएको छ । १०० जना स्वयंसेवक खटाइएको तीन दिने युवा महोत्सवले इलामले युवाहरुको ध्यान केन्द्रित गरेको छ । चोक बजारमा एक नम्बर प्रदेशका १४ वटै जिल्लको चिनारी झल्काउने ३० वटा स्टल र नगरपालिकाका विभिन्न स्थानमा ११ वटा गेट निर्माण गरिएको छ । महोत्सवकै अवसरमा असार १२ गते लागू औषध र दुव्र्यसनी विरुद्ध शिर्षकमा युवा भन्ने शिर्षकमा अन्तर माध्यमिक निबन्ध प्रतियोगिता सम्पन्न गरिएको छ । यस्तै एक नम्बर प्रदेशका पर्यटकीय स्थल झल्काउन पर्यटकीय फोटो प्रतियोगिताका लागि फोटो प्रतियोगिता समेत सम्पन्न गरिउको छ । जसमा १७१ वटा फोटो प्रतियोगितामा भाग लिएका थिए । निवन्ध प्रतियोगिता र उत्कृष्ट फोटो पुरस्कार भने उद्घाटन समारोहमा वितरण गरिने छ । असार १४ गते विहान आठ बजेबाट चोक बजारमा मिनिम्याराथन प्रतियोगिता तथा विभिन्न सांस्कृतिक झाकीँ सहितको नगर परिक्रमा गरि मध्यान्न १२ बजे इलामको चोक बजामा उद्घाटन समारोह हुने छ । उद्घाटन समारोहमा एक नम्बर प्रदेशका मुख्य मन्त्री शेरधन राई र राष्ट्रिय युवा परिषदका अध्यक्ष माधव ढुंगेलको उपस्थिति रहेने छ । सोही दिन साझँ छ बजे गौतम बुद्ध सभा गृहमा इलामका स्थानीय कलाकारहरुको विशेष साँस्कृतिक कार्यक्रम प्रदेश नम्बर आठ नाटक रहेको छ । महोत्सबको दोस्रो दिन जिल्ला समन्वय समिति इलामको सभाहलमा विहान १०ः३० बजेबाट प्रदेश स्तरीय युवा कवि सम्मेलन हदैँछ । नेपालका चर्चित कवि सन्देश सत्याल र स्वप्निल स्मृतिको उपस्थितिमा कवि सम्मेलन हुनेछ । यस्तै असार १५ गते दिउँसो गौतम बुद्ध सभागृहमा महोत्सबको सबैभन्दा मुख्य कार्यक्रम एक नम्बर प्रदेशको युवा सम्मेलन रहेको छ । जसमा राष्ट्रिय युवा परिषदका माधव ढुंगेल नेकपाका युवा नेता योगेश भट्टराई,नेपाली कांग्रेसका गुरुराज घिमिरेको उपस्थिति रहने छ । साझँमा सगिंतकार कर्णदासको एकल साझँ सहित उक्त दिनको कार्यक्रम सकिनेछ । यस्तै महोत्सबको अन्तिम दिन असार १६ गते विहान ७ ः३० बजे पर्यटकीय स्थल भालुढुंगामा प्रसिद्ध गजलकार शितल कादम्बिनी र रावतको उपस्थितिमा युवा गजल मेला सम्पन्न हुनेछ । बिहान नौ बजे इलामको ठूलो टुडिँखेलमा राजनितीक दल र प्रजिअबीच मैत्रीपूर्ण फुटबल खेल हुनेछ भने दिउँसो चोक बजारमा राष्ट्रिय कलाकार ताराप्रकाश लिम्बु लगायत राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने छ । दिउँसो दुई बजे महोत्सबको समापन तथा प्रदेश सरकारका सामाजिक विकास मन्त्री जीवन घिमिरे समक्ष युवा घोषणापत्रमा हस्तान्तरण गरि महोत्सबको समापन कार्यक्रम सम्पन्न हुनेछ । भने साझँमा उद्यमीहरुबीच अनुभव आदानप्रदान इलामका स्थानीय ब्याण्डको साँस्कृतिक प्रस्तुती सहित युवा महोत्सव सम्पन्न हुने छ । जिल्ला युवा समितिको कार्यालय इलामद्धारा आयोजित एक नम्बर प्रदेशका युवाहरुको सन्दर्भमा विकास दृष्टिकोण सहितको युवा घोषणपत्र तयार गर्ने मुख्य उद्देश्यले गरिएकोमहोत्सब सञ्चालन गर्न राष्ट्रिय युवा परिरषद,इलाम जिल्लाका दश वटा स्थानीय निकाय,प्रदेश सरकार,स्टलका सहयोगि सहित करिब १९ लाख ८५ हजार बजेट स्रोत रहेको जिल्ला युवा समितिको कार्यालय इलामका अध्यक्ष नवराज शंकरले बताए ।