मोरङ । मोरङको रंगेलीबाट ७५ हजार मूल्य बराबरको अवैध साडी बरामद गरिएको छ।
इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको टोलीले बुधबार राती रंगेली नगरपालिका ४ चोप्राहाबाट भन्सार छलेको १५२ पिड सुतीको साडी बरामद गरेको हो।
बरामद साडी आवश्यक अनुसन्धान पश्चात कारवाहीका लागि भन्सार बुझाईने इलाका प्रहरी कार्यालयले जनाएको छ।