पथरीशनिश्चरे / मोरङको पथरीशनिश्चरे १ मा अवस्थित पथरी कृषि बजार व्यवस्थापन समिति गठन भएको छ ।बिहीबार सर्वसहमत चयन समितिको अध्यक्षमा राजेन्द्र गुरुङ, उपाध्यक्षमा काजीमान साम्वा, सचिवमा केदारवहादुर राई, सहसचिवमा ओमप्रकाश लिम्बू र कोषाध्यक्षमा राधिका चाम्लिङ राई रहेका छन् । सदस्यहरुमा, विनिता देवान, जानुका भण्डारी, बिकास बिष्ट, बुद्धिमान लिम्बू, दिनेश शाह, कर्ण नेम्वाङ लिम्बू, पदम राई र दिलकुमार बजी चुनिएका छन् । सल्लाहकार समिति संयोजकमा वडा सदस्य धनप्रसाद सावाँ लिम्बू तथा सदस्यमा सूर्यमान राई र दलबहादु थाम्देन रहेका छन् नगरपालिकाको स्थानीय तह कृषि हाट बजारको व्यवस्था गर्ने गराउने कार्यविधि ०७५ अनुसार समिति गठन भएको हो ।