बिर्तामोड । वीरता जेसीजले आयोजना गरेको ‘मिस टिन प्रदेश नं. १–२०१८’ बिर्तामोडकी रुक्सुम गुरागाई बनेकी छिन् ।
वीरता जेसीज र बिर्ता मिडियाद्वारा आयोजित प्रतियोगताको आइतवार राति सम्पन्न फाइनलमा १८ प्रतियोगीलाई उछिन्दै उनले मिस टिन प्रदेश नं. १ को ताज पहिरिएकी हुन् । उपाधिसहित गुरागाईले मिस नेचुरल व्यूटीको समेत उपाधि हात पारिन् । प्रतियोगितामा विजयी भएसँगै गुरागाईले बोस्टन एजुकेशन फाउण्डेशनको सहयोगमा अम्बिका नर्सिङ एण्ड पारामेडिकल कलेज बैंग्लोरले नर्सिङमा शतप्रतिशत छात्रवृत्ति लगायतको पुरस्कार प्राप्त गरिन् । प्रतियोगिताको फस्ट रनरअप युमिसा घिमिरे भइन् । उनले उपाधिसहित टावर टेम्पल मिस एक्टिभ, मनोज ट्रेडर्स मिस फ्रेन्डलीको उपाधि समेत हात पारिन् । घिमिरेले उपाधिसँगै ५० प्रतिशत छात्रबृत्ति प्राप्त गरिन् । त्यस्तै सेकेण्ड रनरअप स्वस्तिका संग्रौला घोषित भइन् । उनले उपाधिसहित न्यू स्मार्ट टेलरिङ, मिस सोसियल एक्टिभ र वोस्टन मिस पब्लिक च्वाइसको अवार्ड हात पारिन् । उपाधिसहित उनले २५ प्रतिशत छात्रबृत्ति प्राप्त गरिन् ।
सोही प्रतियोगितामा भेष्पा मिस ट्यालेन्ट ऋचा गड्तौला, कोपिला हाउजिङ मिस डिसिप्लेन उषा बस्नेत, ओली एण्ड एशोसिएट्स वेस्ट वाक र क्रोमटम वेली डान्स दीपा खुलाल बस्नेत, वेस्ट सिङ्गर संगीता विश्वकर्मा, महेन्द्र टु ह्वीलर्स मिस पंचुअल र होटल डाउनटाउन मिस पपुलर सुरक्षा महतारा, टीभीएस मिस व्यूटीफुल स्माइल र प्रधान डेन्टल मिस फोटोजनिक सुम्निमा तुम्वापो घोषित भइन् । त्यस्तै निशान मिस भिवर्स र एनजीओआईएमई मिस एथलेटिक्स भूमिका लिम्बू, प्रोभिडेन्स कलेज मिस व्यूटीफुल मेकओभर निशा राई, स्वस्तिक ओभरसिज मिस फेशन आइकन समीक्षा भण्डारी, न्यूटन्स् एभरेष्ट स्मार्ट स्कूल मिस बब्ली तुलसा राजवंशी, सीजी क्वीक्स मिस कन्फिडेन्स र मिस कस्टियुम विविसा केसी, पर्पल किचन मिस हेयर स्टाइल र मनषा कस्मेटिक मिस भिवर च्वाइज इक्सा लिम्बू, श्याम मिष्ठान्न भण्डार वेस्ट प्रफर्मर जोश्मी श्रेष्ठ, महिला सामुदायिक स्वास्थ्य केन्द्र बुधवारे मिस ग्लामरस लक्ष्मी चाम्लिङ राई घोषित भए । उनीहरुलाई उपाधिसहित अम्बिका नर्सिङ एण्ड पारामेडिकल कलेज बैंग्लोरले नर्सिङमा १५ प्रतिशत छात्रबृत्ति लगायतका पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा पुरस्कार प्रायोजन गरेका संघ–संस्थाका प्रतिनिधिहरुले पुरस्कार वितरण गरेको कार्यक्रम संयोजक राज सुब्बा लावतीले जानकारी दिए ।