तस्बिर स्राेत- रिउटर्स[/caption]
एजेन्सी/ इटलीको उत्तर पश्चिममा रहेको जेनोआ शहरमा एउटा प्रमुख राजमार्गमा रहेको एक पुल भत्किंदा कम्तीमा ३५ जनाको ज्यान गएको अधिकारीहरुले जनाएका छन्।
बीबीसीका अनुसार आँधीबेहरी आएको बेला पुल भत्के पछि तीसवटा भन्दा बढी गाडीहरु पुलसंगै भुईंमा बज्रेका थिए। प्रत्यक्षदर्शीहरुले कैयौं मानिसहरु मोटरभित्रै चेपिइरहेको हुनसक्ने जनाएका छन्।
उद्धारकर्ताहरुले मोटर तथा भग्नावशेषभित्र चेपिइरहेको हुनसक्ने ठानिएका मानिसहरुको खोजी गरिरहेका छन्।
कैयौं घाइतेहरुलाई अस्पताल लगिएको छ। स्थानीय समय अनुसारबिहानको झण्डै साढे एघार बजे पुल भत्किएको समाचारहरुमा जनाइएको छ। एकजना प्रत्यक्षदर्शीले चट्याङ्ग परेका कारण पुल भत्किएको बताए ।
सो झोलुंगे पुल सन् १९६० को दशकमा निर्माण गरिएको थियो र दुई वर्ष अघि त्यसको मर्मतसंभार गरिएको थियो।
प्रत्यक्षदर्शीहरुले खिचेको भिडिओमा भारी वर्षातका बेला पुललाई अड्याइ राखेको एउटा टावर भत्किएको देख्न सकिन्छ। मोटरहरु र अरु भग्नावशेष झण्डै ९० मिटर तल रेलवे ट्याक, भवन र नदीमा खसेका थिए।
इटलीका गृह मन्त्री म्यातियो साल्भिनीले झण्डै २०० जना उद्धारकर्ताहरु उद्धारमा संलग्न रहेको जनाएका छन्।
यातायात मन्त्री डानिलो तोनिनेलीले सो दुर्घटना एउटा 'भयानक त्रासदी' भएको बताए। फ्रान्सले कुनै पनि खाले सहयोग गर्न आफु तत्पर रहेको जनाएको छ। इटलीमा पुल भत्किँदा ३५ जनाकाे ज्यान गयाे
[caption id="attachment_90821" align="alignnone" width="624"]
तस्बिर स्राेत- रिउटर्स[/caption]
एजेन्सी/ इटलीको उत्तर पश्चिममा रहेको जेनोआ शहरमा एउटा प्रमुख राजमार्गमा रहेको एक पुल भत्किंदा कम्तीमा ३५ जनाको ज्यान गएको अधिकारीहरुले जनाएका छन्।
बीबीसीका अनुसार आँधीबेहरी आएको बेला पुल भत्के पछि तीसवटा भन्दा बढी गाडीहरु पुलसंगै भुईंमा बज्रेका थिए। प्रत्यक्षदर्शीहरुले कैयौं मानिसहरु मोटरभित्रै चेपिइरहेको हुनसक्ने जनाएका छन्।
उद्धारकर्ताहरुले मोटर तथा भग्नावशेषभित्र चेपिइरहेको हुनसक्ने ठानिएका मानिसहरुको खोजी गरिरहेका छन्।
कैयौं घाइतेहरुलाई अस्पताल लगिएको छ। स्थानीय समय अनुसारबिहानको झण्डै साढे एघार बजे पुल भत्किएको समाचारहरुमा जनाइएको छ। एकजना प्रत्यक्षदर्शीले चट्याङ्ग परेका कारण पुल भत्किएको बताए ।
सो झोलुंगे पुल सन् १९६० को दशकमा निर्माण गरिएको थियो र दुई वर्ष अघि त्यसको मर्मतसंभार गरिएको थियो।
प्रत्यक्षदर्शीहरुले खिचेको भिडिओमा भारी वर्षातका बेला पुललाई अड्याइ राखेको एउटा टावर भत्किएको देख्न सकिन्छ। मोटरहरु र अरु भग्नावशेष झण्डै ९० मिटर तल रेलवे ट्याक, भवन र नदीमा खसेका थिए।
इटलीका गृह मन्त्री म्यातियो साल्भिनीले झण्डै २०० जना उद्धारकर्ताहरु उद्धारमा संलग्न रहेको जनाएका छन्।
यातायात मन्त्री डानिलो तोनिनेलीले सो दुर्घटना एउटा 'भयानक त्रासदी' भएको बताए। फ्रान्सले कुनै पनि खाले सहयोग गर्न आफु तत्पर रहेको जनाएको छ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe

प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।