भद्रपुर । आउदै गरेको चाडपर्वलाइ मध्यनजर गर्दै नेपालमा प्रतिबन्धित बारुदजन्य पदार्थ (पटका)भारतबाट भित्रीन थालेको छ । झापाको दुइदर्जनभन्दा बढी खुला सीमानाबाट त्यस्ता पदार्थ भित्रिन शुरु गरेको हो । वडा प्रहरी कार्यालय भद्रपुरले मङ्गलबार साँझ ठूलो परिमाणमा बारुदजन्य पदार्थ वरामद गरेपछि पटका तस्करी हुने गरेको पुष्टि भएको छ । विषेश सूचनाको आधारमा साधा पोसाकमा गएका प्रहरी गस्ती टोलीले भद्रपुर–३ आमगाछी क्षेत्रबाट ठूलो परिमाणमा पटका बरामद गरिएको वडाका इन्सपेक्टर प्रकाश जबेगूले जानकारी दिए ।
भारतबाट तीनवटा साइकलमा नेपाल ल्याउदै गरेको अवस्थामा १० बोरामा रहेको अनुमानित २ लाख मूल्य बरावरको सामग्री बरामद गरिएको इन्सपेक्टर जबेगूले बताए । बरामद गरिएको सामग्रीमा २ सय ७८ वण्डल आलु बम, १५ वण्डल नागिनी खोर्सानी बम लगायत रहेको जबेगूले जनाएका छन् । बरामद सामग्री वडा प्रहरी कार्यालयमा राखिएको प्रहरीले जनाएको छ ।