इटहरी । दुर्इ कार्यलयमा एकै हाकिम भन्दा पत्यार नलाग्ला ? तर, सुनसरीकाे इटहरीमा यस्तै छ ।
काेशी अञ्चल यातायात व्यवस्था कार्यालय (सवारी) र लाइसेन्स वितरण कार्यालयमा एकै जना हाकिमले काम गरिरहेका छन् । जसका कारण सेवाग्राहीले सास्ती खेप्नु परेकाे छ । सेवाग्राहीकाे अत्यधिक चाप हुने दुवै कार्यालयमा एकै हाकिम हुँदा समस्या भएकाे सेवाग्राही बताउँछन् । यातायातकाे सवारी र लाइसेन्स कार्यालयमा उपसचिव कृष्णप्रसाद भुषाललार्इ जिम्मेवारी दिइएकाे छ । अस्तव्यस्त यातायात कार्यालयमा गाडी दर्ता भर्इरहेकाे भएपनि लाइसेन्स वितरण नभएकाे यातायात व्यवसायी राष्ट्रिय महासंघ प्रदेश एकका इञ्चार्ज सरेाज श्रेष्ठले बताए । सरकारले दुई कार्यलयमा एउटा मात्र हामिक राखेर सेवाग्राहीलाई सास्ती दिनु नालायक पन भएको बताए । कार्यलय अस्तब्यस्त भईरहेको भन्दै उनले कार्यलय प्रमुख फरक फरक हुनु पर्ने माग गरे । दुई कार्यलय प्रमुख हुदा कार्यलय प्रमुख समस्याबाट पन्छने गरेको बताउँदै तत्काल नयाँ कार्यलय प्रमुख ल्याउँन माग गरे ।
वार्षिक अर्ब बढि राजश्व संकलन गर्ने कोशी अञ्चल यातायात ब्यावस्था कार्यलय (सवारी) अहिले कार्यलय प्रमुख बिहिन जस्तै छ । सेवाग्राहीको अत्याधिक भिडभाड हुने कार्यलयमा अधिकांस समय कार्यलय प्रमुख बस्दैनन् । आकाल झुकाल कार्यलय पुग्ने कार्यलय प्रमुखलाई सेवाग्राहीले मात्र हैन कार्यलयका कर्मचारीलाई सम्म चिन्ह धौ धौ छ । एक नम्बर प्रदेशकै सबैभन्दा धेरै भिडभाड हुने यातायात कार्यलयमा (.सवारी) र यातायात कार्यलय (लाईसेन्स)मा दुबै कार्यालय हेर्ने गरी उपसचिव कृष्णप्रसाद भुषाल आएसँगै सेवाग्राहीहरुले हरेक दिन सास्ती बेर्होनु बाध्य भएको बताउँछन् । कार्यलयमा प्रमुख खोज्दै कोठा चाहारे पनि नभेटेको तेह्थुमका मोटरसाईकलको रिनो गर्ने आएका ढुण्डी लिम्बुले गुनासो गरे । जरीवना धेरै लाग्ने भयो कार्यलय प्रमुख भेट्न धेरै कसरत गरे भेटिन उनले दुखेसो गदै भने । यातायात कार्यलय कोशीका सवारी कार्यलयले सवारी दर्ता देखि कर,जरिवना,रुट व्यवस्थापन, यातायात व्यवस्थापन सम्बन्धि निर्णय सबै गर्नु पर्छ । अव्यवस्थित रुपमा सञ्चालन भएका सवारी साधानहरुको अनुगमन,भाडा अनुगमन गर्नु पर्ने भए पनि दैनिक काम कार्यमा जरिवाना तोक्नेसँगै अन्य काम कार्यलय प्रमुख नहुदा साहयक कर्मचारीहरुले मनपरी रुपमा जरिवाना तोक्दै आएको एक कर्मचारीले नाम नबताउँने शर्तमा बताए । उनले भने बेला बेला सर आउँनु हुन्छ,सबै पर्खेर बस्न सकिदैन उनी भन्छन् । यातायात कार्यलय व्यवस्थित हुनु पर्यो श्रेष्ठले थपे । धनकुटाबाट लाईसेन्सको काम लिएर आएका दलेन्द्र भुजेललाई कार्यालयका कर्मचारीले प्रमुख भेटाउँन दुई कार्यलय धाउन लगाएको बताए । लाईसेन्समा भएको नागरीकता नम्बर मिस्टेकको काम लिएर आएका उनी तल र माथी गर्दा गर्दै दिन बितेको बताउँछन् । सिराहबाट आएका कार्यलयमा भेटिएका अर्का सेवाग्राही रामपुजन शाहले यातायात कार्यालयको काम सुस्त भएको बताए । विहान १० बजेनै आई पुगे पनि १ बजेसम्म काम नभएको गुनासो गरे सिरहाबाट काम गर्न आएका उनि आज घर फर्कन नपाउने चिन्तामा थिए ।
यता दुईवटा कार्यालको प्रमुख सम्हाल्दै आएको कृष्णप्रसाद भुषासले दुई तिरकै कार्यालय हेर्नु पर्ने बाध्यता रहेको बताए । उनले भने विभागले नै यहाँ मात्र नभएर अन्य यातायातको कार्यालयमा पनि यस्तै गदै आएको बताउँदै बिभागले पठाएर आफु आएको जनाए । कार्यलयको प्रशासन मात्र हेर्ने भएको कारण कार्यलयलाई पनि खासै असर नपरेको भन्दै उनले गैरजिम्मेवार उत्तर दिन भ्याए । तर भुषालले भने माथिल्लो निकायमा आर्थिक प्रभावमा पारी दुबै कार्यलयको जिम्मा लिदै आएको स्रोत्रले बताएको छ ।
अर्ब राजश्व उठ्ने कार्यलय प्रमुख विहिन यही यातायात कार्यलय कोशी (सवारी)काे राजश्व वापत उठेको करोेडौ रकम बैंक दाखिला नगरी हिनामिना गरेको आरोपमा तीन जना उपसचिव सहित ८ जनाविरुद्ध ६१ करोड २१ लाख २८ हजार रुपैयाँ भ्रष्टाचार गरेको मुद्धा दायर भएको थियो । तर वार्षिक एक वर्ष ३० करोड राजश्व उठाउँने कार्यलय नै कार्यलय प्रमुख विहिन जस्तै हुन पुगेको छ । २०७१ साउनदेखि २०७३ फागुनसम्म सेवाग्राहीबाट उठेको राजश्व जम्मा नगरी अनियमितता गरेको प्रमाण भेटिए पछि मुद्धा दायर भयो । उनैको नाममा पटक–पटक इन्ट्री गरेर रसिद निकाल्ने तर नगद भने बैंकमा नराखी बाँडेर अनियमितता गरेको पुष्टि भएको थियो । यस्तो कार्यलयमा कार्यलय प्रमुख समेत छैनन् एक कर्मचारीले भने । भर्खरै सरुवा भएर कार्यलयमा आएका ती कर्मचारीले भने दुई कार्यलयको एक प्रमुख हुदा काम गर्न समस्या भयो ।