पथरीशनिश्चरे । झापाको दमक नगरपालिकाको जनसंख्या ९७ हजार बढी रहेको नयाँ तथ्याङ्क आएको छ ।
नगरको पाश्वचित्र बनाउने काम अन्तिम चरणमा पुगेको अवस्थामा नगरपालिकामा भएको छलफलमा नगरको असार मसान्तसम्मको जनसंख्या ९७ हजार ८ सय ४७ रहेको नयाँ जनसंख्या सार्वजनिक भएको हो । जसमा, पुरुषको संख्या ४९ हजार १ सय ३८ र महिलाको संख्या ४८ हजार ७ सय ९ रहेको छ । स्थानीय सरकार सवलीकरण कार्यक्रम अन्र्तगत कमिटेड नेपालले प्रत्येक घरमा पुगेर जनसंख्याको विवरण संकलन गरेको सामाजिक शाखा प्रमुख डम्बर बरालले जनाए ।
०६८ को जनगणना अनुसार दमक नगरमा ३९ हजार ६ सय ६४ महिला र ३५ हजार ४ सय ३८ पुरुष गरी ७५ हजार १ सय २ जनसंख्या रहेको थियो ।
समग्र नगरपालिका क्षेत्रको अवस्था समेटेर नगर पाश्वचित्र निर्माण हुने सन्दर्भमा नगर प्रमुख रोमनाथ ओली, उपप्रमुख गीता अधिकारी र दमकका सामाजिक अगुवा एवं सामाजिक संघसंस्थाहरुबीच छलफल भएको छ । ब्यवसायिक अवस्था, घरबहालको अवस्था लगायतका बिषयमा पनि यकिन विवरण आउनु पर्ने केही सहभागिले बताएका छन् ।
छुट भएका कुराहरुलाई समेट्दै केही समयभित्र पाश्वचित्र सार्वजनिक गरिने नगर प्रमुख ओलीले जनाए ।