भद्रपुर । कपडा व्यवसाय गर्दै आएका एक व्यत्तिलाइ लेनदेनको विषयमा अपहरण पश्चात हत्या गरिएको खुलेको छ । झापाको कमल गाउँपालिका–६ का २८ वर्षीय खेमराज पौडेलको अपहरणपछि हत्या भएको प्रहरी कार्यालय झापाले जनाएको छ । हत्यामा सम्लग्न गौरीगञ्ज–६का २८ वर्षिय सदाम हूसेनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका हूसेनलाइ जिल्ला प्रहरी कार्यालय झापाले वुधबार पत्रकार सम्मेलन गरी सार्वजानिक गरेको छ । घटना विवरण अनुसार सोमबार बेलुका मोटरसाइकलमा सवार पौडेल र उनकी श्रीमती दिपा भट्टराइ सदामसँग पसलको साढे ९० हजार उधारो रकम उठाउन गौरीगञ्ज बजार पुगेका थिए । साँझ–७ बजे श्रीमतीलाई पूजा मिठाइ पसलमा छाडेर मेरो घर पुग्न १५ मिनेट लाग्छ भन्दै सदामले खेमराजलाइ भनेपछि खेमराजको मे ७ प १९०४ नम्बरको मोटरसाइकलमा बसाएर सदामलाइ लिएर गएका थिए । सदामसँग गएका पौडेल राति अबेरसम्म नफर्किएपछि अपहरण परेको आशङ्कामा श्रीमतीले इलाका प्रहरी कार्यालय गौरीगञ्जमा राती ९ बजे जानकारी गराएकी थिइन् । अपहरणमा परेको सूचना पाएलगतै इलाकाका इन्सपेक्ट टेकेन्द्र शर्मा पौडेलकोे नेतृत्वमा प्रदेश तथा जिल्ला प्रहरीकोको सम्यूक्त टोलीले मृतकका श्रीमतीलाइ लिएर रातभर सङ्कास्पद क्षेत्रमा खोजतलासका क्रममा मङ्गलबार विहान ७ बजे गौरीगञ्ज गाउँपालिका–६ देवीगञ्ज स्थित भारतभन्दा २ सय मिटर नेपालतर्फ खेतको पैनीमा शव फेला पारेको जिल्लाका एसपी भीमप्रसाद ढकालले वताए । मृतक पौडेलको शरिरको विभिन्न भागमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको प्रारम्भिक अनुसन्धानमा देखिएको एसपी ढकाललको भनाइ छ । घटनास्थलमा मे ७ प १९०४ नम्बरको मोटरसाइकल, मोबाइल फोन र व्याग फेला परेको प्रहरीले जनाएको छ । घटनापछि आरोपीतलाइ तत्काल नियन्त्रणमा लिइएको ढकालले जनाए । अनुसन्धानको क्रममा मृतका श्रीमतीले सदामको साथमा श्रीमान गएको दाबी गरेपनि आरोपीतले उक्त दिन भेटघाट नभएको बताएको प्रहरीको भनाइ छ । आरोपीतलाइ अपहरण गरी कर्तव्य ज्यान मुद्दा अन्तरगत वुधबार अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । मृतक पौडले दमकमा कपडा व्यवसाय गर्दै आएका थिए । पौडेलले हूसेनलाइ सार्वजानिक स्थानमा उधारो पैसा मागेका कारण रिसइबीका कारण घटना भएको प्रहरीले अनुमान लगाएको छ । हूसेन यस भन्दा अघिपनि लागूऔषधको आरोपमा दुइवर्ष कारागार वसको जनाइएको छ ।