भद्रपुर । झापा जिल्ला अदालतले दोषी ठहराइ कैद÷जरिवाना ठेगिएका ३७ जना फरार अपराधि पक्राउ परेका छन् । सर्वोच्च अदालत फैसला कार्यान्वयन निर्देशनालयको असूल तहसिल सम्बन्धि विषेश अभियान अन्तरगत गठित समितिले दुइ महिनाको अवधिमा अपराधि पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । जिल्लाका एसपी भीमप्रसाद ढकालले दिएको जानकारी अनुसार चालु आर्थिक वर्षको श्रावणमा १८ जना र भाद्र महिनाको २६ गतेसम्म १९ जना गरी ३७ जना पक्राउ गरिएको जनाए । पक्राउ गरिएकामा लागूऔषध, जबरजस्ती करणी,कर्तव्य ज्यान,चोरी लगायतको मुद्दामा परार रहेको एसपी ढकालले बताए । उनिहरुबाट ७१ वर्ष ११ महिना २९ दिन र जरिवाना वापत ४ लाख ३७ हजार ४७ रुपैयाँ असूल गरिएको उनले जनाए । पक्राउ परेकालाइ कैद भूक्तानको लागि झापा कारागार चलान गरिएको उनले जानकारी दिए ।