धनकुटा । नेपाल सरकार अर्थ मन्त्रालय सरकारी वित्तिय हस्तान्तरण व्यावस्था अन्तर्गत धनकुटा जिल्लाको ७ वटा स्थानिय तहलाई आ.व.०७५/०७६ मा प्राप्त प्रथम चौमाशिक ४१ करोड, १४ लाख, ९५ हजार अनुदान रकम निकासा भएको कोष तथा लेखा नियन्त्रकको कार्यालय धनकुटाले जनाएको छ । स्थानिय तह संचालन निर्देशिकाले तोके अनुसार वित्तिय समानिकरण र शसर्त अनुदान रकम स्थानिय तहको राजश्वको श्रोतको आधारमा अनुदान निकासा गरिएको कोष तथा लेखा नियन्त्रकको कार्यालय धनकुटाका प्रमुख कोष नियन्त्रक नरेशराज खरेलले बताएका छन् । प्रमुख खरेलले धनकुटा जिल्लाको ७ वटै स्थानिय तहका आ–आफ्नो खातामा रकम जम्मा हुने गरि सम्बन्धित स्थानिय तहको राजश्वको श्रोतका आधारमा प्राप्त हुन आएको प्रथम चौमाशिक पहिलो किस्ता रकम जम्मा भै सकेको बताएका छन् ।
प्रथम चौमासिकमा ७ वटै तहलाई जम्मा ४१ करोड, १४ लाख, ९५ हजार रुपयाँ निकासा भएको छ । निकासा भएको मध्ये बित्तिय समानिकरण अनुदान तर्फ १४ करोड, ६३ लाख र सशर्त अनुदान तर्फ भने श्रोत अनुसार र दातृ अनुसारको जम्मा २६ करोड, ५१ लाख, ९५ हजार रहेको प्रमुख कोष नियन्त्रक खरेलले बताएका छन् । जस मध्ये धनकुटा नगरपालिकाले ८ करोड, ५२ लाख, ९५ हजार प्रथम चौमासिकको पहिलो किस्ता रकम प्राप्त गरेको छ । जस अन्तर्गत वित्तिय समानिकरण अनुदान तर्फ ३ कारेड, १ लाख र सशर्त अनुदान तर्फ ५ करोड, ५१ लाख, ९५ हजार निकासा भै सकेको कोष तथा लेखा नियन्त्रकको कार्यालय धनकुटाले जनाएको छ । आ.व.०७४/०७५ मा धनकुटा नगरपािलकाको प्रथम चौमासिक ११ करोड, ५२ लाख, १६ हजार, ३ सय ३४ रुपयाँ निकासा भएको थियो भने यो करिव ३ लाख रुपयाँ कम देखिएको छ। धनकुटा नगरपालिकाको आ.व.०७५/०७६ को कुल वार्षिक बजेट भने ३४ करोड, १२ लाख रहेको छ ।
त्यसैगरी पाख्रीवास नगरपालिकालाई वित्तिय समानिकरण अनुदान तर्फ २ करोड, ७५ लाख र शसर्त अनुदान तर्फ ३ करोड, १६ लाख, ३१ हजार,२ सय ५० रुपयाँ गरि जम्मा ५ करोड, १७ लाख, ६ हजार, २ सय ५० रुपयाँ निकासा भएको छ । पाख्रीबास नगरपालिकाको आ.व.०७५/०७६ को कुल बजेट भने २० करोड, ७० लाख रहेको छ । उता महालक्ष्मी नगरपालिकाको लागी वित्तिय समानिकरण अनुदान तर्फ २ करोड, १२ लाख, ५० हजार र सशर्त अनुदान तर्फ ४ करोड, ७९ लाख, ९३ हजार, ७ सय ५० निकासा सहित जम्मा ६ करोड, ९२ लाख, ४३ हजार, ७ सय ५० रुपयाँ प्रथम चौमासिकको रकम निकासा भएको छ । आ.व.०७५/०७६ को महालक्ष्मी नगरपालिकाको कुल बजेट भने २७ करोड, ७० लाख रहेको छ ।
त्यसैगरी शहिदभुमी गाउँपालिकाको लागी प्रथम चौमासिकमा वित्तिय समानिकरण अनुदान तर्फ १ करोड, ८१ लाख, ५० हजार र शसर्त अनुदान २ करोड, ९० लाख, ९५ हजार गरि जम्मा ४ करोड, ७२ लाख, ४५ हजार निकासा भएको कोलेनिका धनकुटाले जनाएको छ । आ.व.०७५/०७६ को कुल वजेट भने १८ करोड, ९० लाख रहेको वताइएको छ । त्यसैगरी चौविसे गाउँपालिकाको लागी आ.व.०७५/०७६ मा वित्तिय समानिकरण अनुदान तर्फ १ करोड, ८९ लाख, ५० हजार र शसर्त अनुदान अन्तर्गत ३ कारेड, ८२ लाख, ९१ हजार, २ सय ५० रुपयाँ गरि जम्म ५ करोड, ७२ लाख, ४१ हजार, २ सय ५० रुपयाँ प्रथम चौमासिक निकासा भएको छ । आ.व.०७५÷०७६ को कुल वजेट भने चौविसे गाउँपालिकाको २२ करोड, ९० लाख रहेको छ । त्यसैगरी यता छथरजोरपाटी गाउँपालिकाको लागी आ.व.०७५.०७६ को लागी वित्तिय समानिकरण अनुदान तर्फ १ करोड, ७९ लाख, ७५ हजार र शसर्त अनुदान रकम २ करोड, ६७ लाख, ७३ हजार, ५ सय गरि जम्मा ४ करोड, ४७ लाख, ४७ हजार, ५ सय रुपयाँ प्रथम चौमासिक निकासा भएको छ । आ.व. ०७५/०७६ को कुल वजेट भने १७ करोड, ९० लाख रहेको छ । त्यसैगरी उता साँगुरीगढी गाउँपालिकाको लागी आ.व.०७५/०७६ को लागी वित्तिय समानिकरण अनुदान अनुदान तर्फ १ करोड, ९८ लाख र शसर्त अनुदान तर्फ ३ करोड, ६२ लाख, १६ हजार, २ सय ५० गरि जम्मा ५ करोड, ६० लाख, १६ हजार, २ सय ५० रुपयाँ प्रथम चौमासिक निकासा भएको छ । साँगुरीगढी गाउँपालिकाको आ.व.०७५/०७६ को कुल वजेट भने २२ करोड, ४१ लाख रहेको कोलेनिका धनकुटाले जनाएको छ ।
प्रमुख कोष नियन्त्रक खरेलका अनुसार पहिले जिल्ला तहमा विषयगत कार्यालय मार्फत आउने वजेट कार्यक्रमहरु सोझै गाउँपालिका तथा नगरपालिकामा निकासा भएको बताएका छन् । उनले गाउँपालिका, नगरपालिकाहरुले निःशर्त वा वित्तिय समानिकरण अनुदानबाट तलब,भत्ता लगायतको शिर्षकमा खर्च गर्न पाउने छन् भने शसर्त अनुदान रकम भने नगरसभाबाट कार्यक्रम स्वीकृत गराएर मात्र खर्च गर्न पाउने छन् । जनप्रतिनिधहरुले बनाएको नीति कार्यक्रम समिति मार्फत निर्णय गराएर खर्च गर्न सकिने कोलेनिका धनकुटाले जनाएको छ । तर उनले आ.व.०७४/०७५ को तुलनामा यो वर्ष बजेट कार्यक्रम घटेको बारेमा आफु अनभिग्य रहेको प्रमुख कोष नियन्त्रक खरेलले बताए । उनले बजेट घटबढका भएको बारेमा स्थानिय तहबाटै जानकारी लिन ब्लाष्टलाई सुजाए ।
यता धनकुटा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टिकादत्त राईले भने अघिल्लो वर्षको तुलनामा बजेट नघटेको प्रतिक्रिया दिएका छन् । उनले नगरपालिकाको कुल वार्षिक बजेटको ३ भागको एक भाग प्रथम चौमासिकमा निकासा भएर आउने बताए । अघिल्लो वर्ष प्रथम चौमासिक ११ करोड, ५२ लाख, १६ हजार, ३ सय ३४ रुपयाँ निकासा भएको थियो, यो वर्ष ८ करोड, ५२ लाख, ९५ हजार मात्र बजेट निकासा हुँदा झण्डै ३ करोड कम आएछ नि भन्ने ब्लाष्टको प्रश्नमा राईले भने त्यसो हुन् नहुने प्रतिक्रिया दिएका छन् ।
तस्विर÷कोष तथा लेखा नियन्त्रकको कार्यालय धनकुटाको भवनको तस्विर ।