इटहरी । इटहरीस्थित पिसजोन आवासीय माविमा अन्तर्राष्ट्रिय अवार्ड कार्यक्रम हुने भएको छ । बेलायती राजदूतावास काठमाडाैं अन्तर्गत रहने ब्रिटिस काउन्सिलको आयोजनामा अन्तर्राष्ट्रिय विद्यालय अवार्ड कार्यक्रम हुने बताइएको छ । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीको प्रमुख आतिथ्यमा भएको इन्टरनेश्नल स्कुल अवार्ड कार्यक्रममा उक्त कार्यक्रम हुने बताइएको हो । इटहरी उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख भूपेन्द्र कोइरालाले पिसजोनले उक्त कार्यक्रम आयोजना गर्न पाउनु सुखद भएको बताए । कार्यक्रममा सुनसरीका सहायक वन अधिकृत मनराज राई, विद्यालयका निर्देशक विजय पौडेललगायतले बोलेका थिए ।
पिसजोनमा अन्तर्राष्ट्रिय अवार्ड हुने
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































