दिउँसो सवा ३ बजेको समयमा विराटनगरबाट जोगवनी हुँदै ओमान तर्फ जाने क्रममा धनकुटा नगरपालिका-१० बस्ने ३७ बर्षीया, दमक नगरपालिका-१ बस्ने २० बर्षीया, धनकुटा नगरपालिका-३ बस्ने २४ बर्षीया र काठमाण्डौ महानगरपालिका-३५ बस्ने २८ बर्षीया चेलीहरुको उद्धार गरेको हो ।
सीमा नाकामा सुरक्षार्थ खटिएको नेपाल प्रहरी, विश्व सेवा बिस्तार संस्था र साना हात नामक संस्थाले सोधपुछ गर्ने क्रममा शंका लागि उनीहरुलाई उद्धार गरिएको हो ।
उनीहरुलाई विश्व सेवा बिस्तार संस्थाको संरक्षणमा राखिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
ओमान लान जोगवनी नाकाकाे प्रयाेग : ४ जनाकाे उद्धार
ब्लाष्टखबर । मोरङको विराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाटबाट बुधबार ४ जना चेलीको उद्धार गरिएको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































