मधुमल्ला । मोरङको मिक्लाजुङ गाउँपालिका वडा नंं. ८ मा हरितालिका तिजको ब्रतको अवसर पारेर बुधबार गोप्पेसोर महाँदेबको मन्दिर उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।

मन्दिरको उद्घाटन मिक्लाजुङ गाउँपालिकाका प्रवक्ता तथा वडा नं. ८ का वडा अध्यक्ष नगेन्द्र कार्की (नविन)ले गरेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै कार्कीले बहुभाषा, बहुधर्म मान्ने हामी नेपालीहरु एक आपसमा मिलेर नै गाउँ र समाजको विकासमा लागि पर्नु पर्ने बताए ।

कुनै ठुलो सानो नहुने भन्दै कार्कीले धर्म निरपेक्ष देशमा सबै धर्म बराबर भएको र सबै धर्मका चाड पर्वहरुम सबै सहभागी भएर मनाउनु पर्ने धारण राखे । उक्त मन्दिर निर्माण गर्न मिकलाजुङ गाउँपालिका वडा नं. ८ ले एक लाख २० हजार, तोरीबारी देउसी नाच तथा साँकृतीक परिवारले ७० हजार, राधा कृष्ण हरि कृर्तन मण्डलीले रु ५० हजार, र स्थानीय ख्याम कार्कीले १० हजार र अभिचन्द्र लिम्बुले रु २० हजार गरी कुल दुईलाख ३० हजारको लागतमा मन्दिर निमार्ण कार्य समपन्न गरिएको निमार्ण मिमिती का अध्यक्ष मिलन खत्रीले बताए ।

यस्तै मिक्लाज्ङ –८ मा सिर्जनसिल महिला समुहले वृहत तिज बिशेष कार्यक्रमको आयोजना गरी मनाएको छ । त्यस्तै मिक्लाजुङ –९, मा अवस्थित राधा कृष्ण शिव तथा दुर्गा मन्दिरको आयोजानामा पनी सांस्कृतीक कार्यक्रम समपन्न भएको छ । हरितालीका तिजको अवसरमा आज बुधबार मिक्लाजुङका मन्दिर, शिबालयहरुमा हिन्दु नेपाली महिलाहरुको बिभिन्न पहिरनमा सजिएर तिज कार्यक्रममा सहभागी हुँदै मनाएका छन ।