इटहरी । इटहरी उपमहानगरपालिकाले सार्वजनिक,ऐलानी जग्गा खोजी अभियान तिव्र बनाउने भएको छ । बुधबार बसेको बैठकले जग्गा खोज्ने अभियानलाई निरन्तरता दिने जनाएको हो ।
जग्गा खोज्ने समितिका संयोजक वडा नम्बर १३ का अध्यक्ष शिव नारायण चौधरीले केहि समय देखि रोकिएको जग्गा खोज्ने अभियान पुःन सुरु भएको जनाएका छन । नगरका सबै वडाका नक्सा ल्याउन नापी कार्यालय जाने संयोजक चौधरीले बताए । नक्सा प्राप्त भएपछि प्राविधिक सहित प्रत्येक वडामा पुगेर अनुगमन गरिने छ उनले भने । समिति गत बैशाखमै बनेको भए पनि जग्गा खोज्न अभियान सुरु भएको थिएन।
कहाँ कति छ ऐलानी जग्गा ? इटहरी उपमहानगरपालिकाका इन्जिनियर विकास भट्टराईको संयोजकत्वमा बनेको ऐलानी जग्गा खोज्ने समितिले इटहरीमा ९सय ९५ विगाह ६ कठ्ठा डेडधुर जग्गा ऐलानी छ भनेको थियो । साविकको इटहरीमा २सय ३० विगाह ७ धुर,खनारमा ३सय २६ विगाह,१९ कठ्ठा ११ धुर,एकम्वामा १सय७३ विगाह १६ कठ्ठा ११धुर,पकलीमा १सय २२ विगाह ६ कठ्ठा ५धुर र हाँसपोसामा १ सय ४१ विगाह १५ कठ्ठा१५ धुर जग्गा रहेको छ ।