तेह्रथुम । फेदाप गाउँपालिका २ ओयाक्जुङका खड्क बहादुर जोगीलाई बचाउनका लागि रकम संकलन गर्न थालिएको छ । खड्ग बहादुर जोगी बचाउ अभियानका लागि समितिनै गठन गरि रकम संकलन गर्न सुरु गरिएको हो । समितिले जोगीलाई बचाउनका लागि नेपाल बैकमा ‘खड्ग बहादुर जोगी बचाउ अभियान’ नाम रहेको खाता नम्बर ०५४००१०६५७०३२९०००००१ मा रकम जम्मा गरेर जोगीको जिवन बचाउन समेत सबै संग अनुरोध गरेको छ । नेपाल बैकमा खोलिएको खातामा विहिबारसम्ममा पाँच लाख रकम जम्मा भएको छ । श्रीमानलाई जेलमुक्त हुनका लागि ६० लाख ब्लडमनी आवस्यक परेको भन्दै श्रीमती डम्वाकुमारी जोगीले सहयोग गर्न अनुरोध गरेकी छिन् । ‘मेरा श्रीमानलाई बचाउनका लागि सहयोग गरिदिनुहोस नत्र ८० वर्षकी सासु, म र दुई ओटा साना नानीहरु भोगभोकै मर्नु पर्दछ ।’ उनले भनिन् । खड्क बहादुर जोगी बचाउ अभियानका लागि दुर्गा प्रसाद गीरीको अध्यक्षतामा समिति गठन गरिएको छ । समितिको कोषाध्यक्षमा कुमार गीरी र सचिबमा खगेन्द्र बहादुर जोगी रहेका छन् । समितिले अहिले बिभिन्न ब्यक्ति र संघ सस्थाहरुसंग समेत सहयोगका लागि छलफल गरिरहेको छ । समितिले स्थानीय तहका प्रमुख र सभाषदहरुसँग समेत जोगीलाई बचाउनका लागि सहयोग गर्ने बिषयमा छलफल भएको समितिका अध्यक्ष गीरीले बताए । रोजगारीको सिलसिलामा ०७० सालमा दुबई पुगेका जोगी अहिले दुवाईको जेलमा रहेका छन् । अल गर्फ डिप्लोमण्ट कम्पनीमा कार्यरत जोगी एक फिलिपिनी नागरिकको हत्या गरेको आरोपमा जेल परेका हुन् । ड्युटी जाने क्रममा उनि संगै गाडीमा बसेका फिलिपिन्सका नागरिक गाडीबाट झरेको र कम्पनीका सुपरभाईजरको निर्देशनमा आफैले अस्पताल लादा घाईतेको मृत्यु भएको यथार्थ भएपनि दुबई अदालतले जोगीलाई हत्याको आरोप लगाएको छ । गाडीबाट झरेका घाईते व्यक्तिको ज्यान बचाउन खोज्दा खोज्दै अस्पतालमै उसको मृत्यु भएको र आफु निर्दोष रहेको बारे त्यहाको अदालतमा पटक पटक बयान दिएपनि सुनुवाई नभएको जोगी परिवारको दुखेसो छ । मंशिर सम्ममा ६० लाख रुपैया मृतकी श्रीमतिलाई नदिए आफुलाई मृत्यु दण्ड दिने श्रीमानले टेलिफोनमा बताए पछि सहयोग गर्न जोगी परिवारले सबै सँग अनुरोध गरेका छन् ।