भद्रपुर । झापाको कचनकवल गाउँपालिकाका दुइजना परिषद सदस्यलाइ कडा कारबाहीको माग गरी स्थानीयले नारावाजी गर्दै ज्ञापन पत्र बुझाएका छन् । केही दिन अघि गाउँपालिकाले आयोजना गरेको दोस्रो गाउँसभामा परिषद सदस्यले न्यायिक तथा परिषद महिला सदस्यलाइ सभामा घाइते वनाएको घटनालाइ लिएर दोषीलाइ कडा कारबाहीको माग गर्दै ज्ञापन पत्र बुझाएका हुन् । गाउँपालिका क्षेत्रबाट नारावाजी गर्दै सयौंको सङ्ख्यामा विहीबार गाउँपालिकामा आएका थिए । राष्ट्रिय प्रजातान्त्रिक महिला सङघठन गाउँ इकाइ समितिको नेतृत्वमा आएका उनिहरुले महिलामाथि हातपात गर्नेलाइ कारबाही गर,गाउँपालिकाले गरेको निर्णय उल्टाउन पाइदैन लगायतका नाराबाजी गरेका थिए । गाउँसभामा घाइते भएकी वडा नम्बर ७ की परिषद तथा न्यायिक समिति सदस्य समेत रहेकी लक्ष्मी सुब्वामाथि वडा नम्बर १ का सदस्यद्धय महाबीर(रञ्जीत) लिम्बू र उमाशङ्कर गणेशले हातपात गरि घाइते उनिहरुले दाबी गरेका छन् । घाइतेको कन्चटमा चोट लागेको थियो । लिम्बू र गणेशलाइ स्थानीय तह सञ्चालन कार्यबिधि अनुसार अबिलम्ब कारबाहीको माग गर्दै गाउँपालिका अध्यक्ष अन्जरा आलमलाइ ज्ञापन पत्र बुझाएका थिए । उद्घाटन सत्र चलिरहेको समयमा परिषद सदस्यले अश्लिल शब्द प्रयोग गरी दादागिरी सैलीमा अध्यक्षले बोल्दै गरेको माइक खोस्ने,लात्तीले हान्ने,टेवुल कुर्सी फुटाउने लगायतको हर्कतप्रति ध्यानार्कषण भएको पत्रमा उल्लेख छ । गाउँपरिषद बिथोल्ने ,महिलामाथि हातपात गर्ने व्यक्तिलाइ कडा कारबाही गरिनु पर्ने उनिहरुको माग छ । साथै पत्रमा गाउँपालिकाको नीति नियम र प्रकृया पुरा गरी गरेका दिर्घकालिन योजनाहरु कसैको दबाव र धम्कीमा नडराइ काम गर्न समेत उल्लेख गरिएको छ । मागलाइ सुनुवाइ नभएमा चरणवद्ध आन्दोलनमा उत्रिने ज्ञापन पत्रमा जनाइएको छ । ज्ञापनपत्र बुझ्दै अध्यक्ष आलमले सभा विथोल्ने कार्य नराम्रो भएकोले यसको छानविन गरी दोषीलाइ कारबाही गरिने उनले जनाए । त्यसैगरी प्रर्दशनकारीले नाराबाजी गर्दै इलाका प्रहरी कार्यालय वनियानी पुगेका थिए । सभामा घाइते भएकी सदस्य सुब्वाले लिम्बू र गणेशलाइ कारबाहीको माग गर्दै किटानी जाहेरी दिएको प्रहरीले जनाएको छ । जाहेरी पत्र जिल्ला प्रहरी कार्यालय झापा पठाइएको वनियानीका सइ उदय शम्सेर राणाले जानकारी दिए । गाउँपालिका अध्यक्षले एकलौटी रुपमा बजेट बनाएर पारित गर्न लागेको भन्दै विपक्षमा रहेका नेपाली काङ्ग्रेस, नेकपाले विरोध जनाउदै आएका छन् । बजारमा रहेको गाउँपालिकालाइ अध्यक्ष लगायतले साविकको वालुवाडी गाविस हाल कचनकवल–७ मा शुसिल अग्रवालले दिएको १५ कठा जग्गामा गाउँपालिका सार्न लागेको निर्णय सच्याउनु पर्ने उनिहरुको माग छ । गाउँपालिकामा ३८ जनामध्ये २४ जना पक्षमा रहेकोले वहुमत देखिएको छ । विरोध आएपछि वार्ताबाट समाधान खोजेपनि सफल हुननसकेको अध्यक्ष आलमको भनाइ छ । आर्थिक वर्ष ०७४।७५ को गाउँसभाले पारित गरिसकेको निर्णय उल्टाउन नमिल्ने उनले जनाए । मैले एक्लैले पारित नगरेको उनले बताए । विरोधका बावजुद गाउँपालिकाको दोस्रो गाउँसभाले चालु आर्थिक वर्ष ०७५।७६को लागि ५१ करोड ४० लाख ७८ हजार बरावरको बजेट मङ्गलबार सार्वजानिक गरिसकेको छ । गाउँपालिकाका केही परिषद सदस्यहरुको विरोधका बावजुद मङ्गलबार बसेको बन्द सत्रले बजेट पारित गरेको थियो । यता असन्तुष्ट पक्ष भने कानूनी कारबाहीमा जाने बताउदै आएका छन् ।