सिरहा । जिल्ला सिरहाको मिर्चैया नगरपालिकामा कर वृद्धि गरेको विरोधमा व्यपारी, मजदुर, किसान,पूर्व जनप्रतिनिधिसहित नगरवासी नगरपालिका कार्यालयको अगाडिमा धर्ना बसेका छन् । मिर्चैया नगरपालिकाले कर, राजस्व र एकिकृत सम्पतिमा वृद्धि गरेको कर दस्तुरको बिरोधमा संयुक्त संघर्ष समितिले मिर्चैया नगरपालिका विभिन्न वडा कार्यालयमा धर्ना दिएका छन । मिर्चैया नगरपालिकामा कर, राजस्व र एकिकृत सम्पतिमा वृद्धि गरेको कर दस्तुरकोे मालपोत,घरजग्गा,एकीकृत सम्पत्ति कर देखि परेवा,हाँस र कुखुरा लगायत राष्ट्रिय राजमार्गको घरधुरीमा समेत व्यापक कर निर्धारया गरेको भन्दै मजदुर, किसान,पूर्व जनप्रतिनिधिसहित नगरवासीद्धारा गठित संयुक्त संघर्ष समितिले चरण्बद्ध रुपमा विरोधमा उत्रिएका हुन । वृद्धि गरेको कर फिर्ता गर,भ्रष्टाचार बन्द गर,स्थानीय सरकार मुर्दावाद भन्दै उनीहरु नौ दिन बुधवार पनि धर्नामा बसेका छन । आर्थिक वर्ष ०७५÷०७६ मा निर्धारण गरेको कर सर्वसाधारणको आर्थिक हैसियतभन्दा माथि रहेको भन्दै संयुक्त संघर्ष समिति विरोध जनाउँदै जनताको ढाड सेक्ने गरी निर्धारण गरेको भन्दै कर स्थगन गरी सर्वपक्षीय सहमतिबाट निर्धारण गर्न माग गर्दै मेयर श्रवण कुमार यादवलाई गत साउन २९ गते ज्ञापनपत्र बुझाएका थिए । संघर्ष समितिले बुझाएका ज्ञापनपत्रमा हाल नगरपालिका लिईरहेको नयाँ कर,शुल्क र राजस्व पूर्ण रुपमा स्थगित गर्नुपर्ने, पुरानो कर पनि संशोधन पश्चात मात्र लागु गर्नुपर्ने, आर्थिक वर्ष २०७४÷०७५ को वडा र नगर स्तरीय योजनाहरुको लागत ईष्टिमेट सहित मुल्यांकन विवरण उपलब्ध गराउनुपर्ने, विभिन्न निकायबाट नगरपालिकामा दाखिला भएको आम्दानीको विवरण उपलब्ध गराउनुपर्ने, कोटेशन र सडक बोर्डको कार्यको विवरण उपलब्ध गराउनुपर्ने, आन्तरिक कोषबाट नियुक्ति गरिएका कर्मचारीको विवरण उपलब्ध गराउनुपर्ने, घटना दर्ता, मृत्यू दर्ता, विबाह दर्ता, बसाईसराई निःशुल्क हुनुपर्ने लगायतका माँग गरिएको छ ।
ज्ञापनपत्रमा संयुक्त संघर्ष समितिले नगरपालिकाले लिइरहेको नयाँ कर ,शुल्क र राजस्व पूर्ण रुपमा स्थागित हुनुपर्ने पुरानो कर पनि संशोधनपश्चात मात्र लागू गर्नुपर्ने लगायत ८ बुँदे माँग पेश गरेको थिए । ज्ञापनपत्र बुझदै मेयर श्रवन यादवले भद्रौ १५ गतेभित्र मागा सम्बोधन गर्ने आश्वासन दिए पनि कुनै सुनुवाइ नभएपछि चरणबद्ध विरोधमा उत्रन बाध्य भएको मिर्चैया नगरपालिकाका एक व्यपारी रुकेश साहले बताए ।
त्यसैगरी घटना दर्ता,मृत्यु दर्ता,विवाह दर्ता,बसाइँसराइ निःशुल्क हुनुपर्ने । विभिन्न शीर्षकमा वडा र नगरपालीकामा खरिद भएका सामग्रीको भुक्तानिको विवरण उपलब्ध गराउनुपर्ने माग राख्दै नगर प्रमुख लाई ज्ञापनपत्र बुझाएका थिए । आन्दोलन कार्यक्रम अन्तर्गत यस अघि समितिले भद्रौ १९ गते मिर्चैया नगरपालीकामा विशाल बिरोध र्याली प्रदर्शन तथा २० गते नगरपालिकाको मूलगेट अगाडि धर्ना दिएका थिए । समितिले शुक्रबार २२ गते वडा कार्यालय वडा नम्बर ३ र १२ मा धर्ना २३ गते मिर्चैया बजारमा विरोध सभा गरेका थिए । २४ गते वडा कार्यालय वडा नम्बर ४,५ र ६ मा धर्ना,२५ गते वडा कार्यालय वडा नम्बर ७ र ८ मा धर्ना,२६ गते वडा कार्यालय वडा नम्बर ९ मा धर्ना र २७ गते वडा कार्यालय वडा नम्बर १० र ११ मा धर्ना दिने सहित ९ दिने आन्दोलनको कार्यक्रम तय गरेका छन् । यता, नगरपालिकाका मेयर श्रबण कुमार यादबले सार्बजनिक सुचना जारी गरी आन्दोलनरत पक्षलाई बर्ताका लागि आहबान गरेका छन् । मेयर यादवले नगरपालिकामा कुनै किसिमको कर बृद्धि नगरिएको दाबी गर्नुहुँदै आफु निर्वा्िचत नभएकै बेला देखि लिदै आएको कर अहिले पनि कायम रहेको बताउनुभयो । यद्यपी आन्दोलनरत संघर्ष समितिलाई वार्तामा बसेर समस्या समाधानको लागि पत्राचार समेत गरिसकेकोले छिटै समस्या समाधान हुने बताउनुभयो । नगरपालिकाले बार्ताका लागि गरेको आहबानलाई सकारात्मक रुपमा लिएको उद्योग वाणिज्य संघ लहानका उपाध्यक्ष अशोक कुमार साहले बताए । बार्ता र आन्दोलनसंगै लैजाने उनले स्पष्ट गरे । धर्नामा नेपाली कांग्रेसका नेता अरुण सिंह, रमेश न्यौपाने, नेकपाका नेता जिबछ साह, राजपाका नेता अंजय साह, राप्रपा (राष्ट्रवादी) का नेता राम प्रताप साह (भोला), उद्योग वाणिज्य संघ लहानका उपाध्यक्ष अशोक कुमार साह लगायतका व्यपारी, मजदुर, किसान,पूर्व जनप्रतिनिधि,समाज, बुद्धिजिबी, बिभिन्न राजनितिक दलका नेता कार्यकर्ताहरुको उल्लेखनिय सहभागिता रहेको थियो । समितिले माँग सम्बोधन नगरेसम्म आन्दोलन जारि रहने चेतावनी दिएका छन ।