पथरी । स्वास्थ चौकीमा प्रसुती गराउन आएका पाँच जनालाई मोरङको कानेपोखरी गाउँपालिकाले प्रोत्साहन भत्ता बितरण गरेको छ । बिहिबार एक कार्याक्रमको आयोजना गरी गाउँपालिकाले प्रत्येक बच्चाको आमालाई ६ हजार ८ सय रुपैयाको दरले बितरण गरेको हो । प्रोत्साहन भत्ता पाउँनेहरुमा ममता बि.क,यशोधा तामाङ,पुनम शेर्पा र मनमाया राईले ६ हजार ८ सय रुपैया प्राप्त गरेका थिए । भने ती मध्ये मेलिना बयलकोटीले स्वास्थ चौकीमा नियमित ४ पटक स्वास्थ चेक नगरेकोले ६ हजार मात्र पाएका थिए । स्वास्थ चौकीमा दुई महिनामा ५ जनाले प्रसुती गराएका छन् । वडा नं. ४ मा रहेको बयरवन स्वास्थ चौकीको वर्थिङ सेन्टरमा बच्चा जन्माउने सुत्केरीलाई गाउँपालिकाले आर्थिक बर्ष २०७५÷०७६ को बजेटबाट साउन महिना देखि लागु हुने गरी गाउँपालिकाले रु ५ हजार र स्वास्थ चौकीले १८ सय गरी जम्मा ६ हजार ८ सय रुपैया सुत्केरी भत्ता दिने निर्णय गरेको थियो । २०७३ सालमा २ जनाले प्रसुती गराएका थिए । त्यसैगरी २०७४ सालमा राधिका राजवंशी,यमुना राजवंशी,आशा ऋषिदेव र दिनेश्वरी चौधरी गरी जम्मा चार जनाले प्रसुती गराएका थिए । त्यसैगरी २०७५ साल भदौ सम्म ५ जनाले प्रसुती गराएका छन् । दुई महिनाको अन्तरमा ५ जनाले प्रसुती गराउनु भनेको ठुलो उपलब्धी भएको कानेपोखरी गाउँपालिकाका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि ताराबहादुर काफ्लेले बताए । स्वास्थ चौकीले दिने १८ सय रुपैया स्वास्थ चौकीमा प्रसुती गराएमा १ हजार रकम र बिरामीले स्वास्था चौकीमा नियमित ४ पटक चेकजाँच गरे ८ सय गरी जम्मा १८ सय रुपैया पाउने स्वास्थ चौकी संचालक समितिका अध्यक्ष धनबहादुर राईले बताए । नेपालको जुनसुकै ठाउँबाट आएर बच्चा जन्मेमा यो सुबिधा पाउने छ र प्रसुती गृहमा प्रसुती गराउन ल्याएर स्वास्थ चौकीले अर्को हस्पिटलमा रेफर गरेमा उसलाई एम्बुलेन्स भाडा बापत दुईहजार समेत दिने समेत स्वास्थ चौकी संचालक समितिका उपाध्यक्ष तथा कानेपोखरी गाउँपालिकाको प्रवक्ता सुशिल बुढाथोकीले बताए । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष राजमती इङ्नाम,स्वास्थ संयोजक बुद्धी बस्नेत, वडाध्यक्ष सुशिल बुढाथोकी, चरण गुरुङ, खड्ग बस्नेत, नेकपाका प्रतिनिधि भोला अधिकारी,मनोज राववंशी,नेकाबाट भरत राईलगाएत अतिथि रहेका थिए । बयरवन स्वास्थ चौकी अव २४ सैँ घण्टा संचालन हुने कानेपोखरी गाउँपालिकाको विरामीहरुको लागी कानेपोखरी गाउँपालिकाले वयरवन स्वास्थ चौकीमा २४ सैँ घण्टा स्वास्थसेवा दिने भएको छ । एमविविएस एमडी डाक्टर राख्ने तयारी र एउटा एम्बुलेन्स खरिद गर्ने तयारी गरिरहेको कानेपोखरी गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्लेले कार्यक्रममा बताए । गाउँपालिकाले यस अघि देखि नै स्वास्थ चौकीमा प्रसुती गृहमा २४ सैँ घण्टा सेवा दिदैँ आएको छ ।