धनकुटा । देशभरका सामुदायिक विद्यालयका राहत दरवन्दीका शिक्षकहरू विद्यालय बन्द गरेर हिजोआज आन्दोलित भएका छन । राहत शिक्षकले दरबन्दी खुलाई आफूहरुलाई स्थायी गर्नुपर्ने माग गर्दै तीन दिन सामुदायिक विद्यालय बन्द आव्हान समेत गरेका छन । वि.सं. २०५८ साल देखि नेपाल सरकारले सामुदायिक विद्यालयमा दरबन्दी नराखी अनुदानमा अन्य शिक्षकहरु सरह सुविधा दिइराखेको थियो । मुलुकभरि करीब ४० हजार राहत शिक्षक रहेका छन । धनकुटामा भने ३ सय ३६ जना राहात दरवन्दीका शिक्षक आन्दोलित रहेका छन् । राहत शिक्षकले मंगलबार देखि तीन दिनसम्म पठनपाठन सामुदायिक विद्यालय बन्द गरेका थिए । शिक्षा मन्त्रालयले आन्दोलनरत सामुदायिक विद्यालयका राहत शिक्षकलाई आन्दोलन स्थगन गरी नियमित विद्यालय सञ्चालनको वातावरण बनाउन आग्रह पनि गरेको थियो । यसैक्रममा नेपाल राहत शिक्षक केन्द्रिय संघर्ष समितिको आह्वानमा भएको बन्दको प्रभाव धनकुटामा पनि परेको छ । देशको शिक्षा नीति र सरोकारवालाले राहत शिक्षकलाई विभेदकारी व्यवहार गरेको आरोप लगाउँदै राहत शिक्षकले यहि भाद्र २६, २७ र २८ गते तीन दिन सामुदायिक विद्यालयमा शैक्षिक हड्तालको निर्णय गरेको थियो । गत सोमबार सरकारी वार्ता टोली र राहत शिक्षकका प्रतिनिधि बिचको वार्ता विना निष्कर्ष टुंगिएपछि मंगलबारबाट राहत शिक्षकहरु आन्दोलनमा उत्रिएका हुन । धनकुटामा सामुदायिक विद्यालयमा २६ र २७ गते पठनपाठन पुर्ण रुपमा बन्द नै भएको थियो भने केहि विद्यालयले तिजको कार्यक्रम गरेका थिए । बन्दलाई स्थायी शिक्षक, अस्थाई शिक्षक तथा पेशागत संगठनहरु र महासंघले पनि समर्थन गरेको नेपाल राहत शिक्षक समिति धनकुटा अध्यक्ष चन्द्र एवाई राईले ब्लाष्टलाई बताएका छन् । राहत कोटामा कार्यरत शिक्षकलाई एकमुष्ट स्थायी गर्नका लागि संघिय ऐनमा नीतिगत सुधार गर्नुपर्ने, स्थायी प्रकृयाको थालनी गर्नुपुर्व राहत शिक्षक सम्बन्धि हालको शिक्षा नियमावलीले गरेको व्यवस्थाको स्वामित्व निर्माणको क्रममा रहेको ऐनले गर्नुपर्ने माग राहत शिक्षकले गरेका छन । शिक्षक सेवा आयोगबाट लिइने परिक्षामा उमेरको हदबन्दी हटाउनु पर्ने र राज्यबाट शिक्षक÷शिक्षक बिच गरिँदै आएको विभेद अन्त्यका लागि नीतिगत व्यवस्था गर्नुपर्ने माग गर्दै उनीहरुले तीन दिने सामुदायिक विद्यालय बन्दको घोषणा गरेका हुन । यसबाट पनि राहत शिक्षकको माग सम्बोधन नभए अर्को चरणको आन्दोलन सुरु गर्ने नेपाल राहत शिक्षक समिति धनकुटाको जिल्ला अध्यक्ष चन्द्र एवाईले बताए । यसैबिच नेपाल राहत शिक्षक जिल्ला समितिले बन्द सफल भएको निष्कर्ष निकालेको छ । विहीबार बेलुका बसेको समिक्षा बैठकले उक्त निष्कर्ष निकालेको हा े। बैठकले धनकुटामा क्रियाशिल विभिन्न शिक्षक संगठनलाई राहत शिक्षकको आन्दोलनमा सघाउन आग्रह गर्ने निर्णय पनि गरेको छ । यस्तै राहत शिक्षक समिति धनकुटाले बिहीबार बिहान धनकुटाको मदन चोकमा कोणसभाको आयोजना गरेको कोणसभालाई राहत शिक्षक समिति धनकुटा अध्यक्ष एवाईले सम्वोधन गर्दै राहत शिक्षकको माग सम्बोधन गर्न सरकार गम्भिर हुनुपर्ने भन्दै दवाव दिएका थिए ।