धनकुटा । गणेश चौथीको अवसर पारेर धनकुटा–६ सिरान वजार टोलवस्ती, विचवजार टोल वस्ती संगठनले संयुक्त रुपमा शुक्रबार साँझ रथ यात्रा निकालेका छन् । प्रत्येक वर्ष  धनकुटामा रथ यात्राहुने गर्दछ । कलाकार श्रीकृष्ण जोशीले कागजका टुक्रा जोडेर उक्तमुर्ति तयार गरेका थिए । रथ यात्रा सिरान बजार स्थित भीमनारायण चोकमा रहेको गणेश मन्दिरदेखि बजारका विभिन्न भागको परिक्रमा पछि पुनः सोहि स्थानमा समापन भएको थियो । त्यसैगरी यता धनकुटा–७ हुलाक टोलमा पनि हुलाकटोल टोलवस्ती संगठनले गणेशको मुर्ति रथमा राखेर गणेश भगवानको रथयात्रा घर घरमा निकालेका छन् । उनीहरुले परिचयमोड, चुवावोट, मदनचोकसम्म गाणेश भगवानको रथ यात्रा निकालिएको स्थानिय समाजसेवी राजु श्रेष्ठले ब्लाष्टलाई वताएका छन् । उनले हरेक वर्ष गणेश चौथी अथवा चौथी तिथिको अवसर पारेर रथ यात्रा परम्परादेखी नै निकाल्ने गरेको वताएका छन् ।