बेलबारी । मोरङको लक्ष्मीमार्गमा जारी दोश्रो अन्तरराष्ट्रिय आमन्त्रण बुद्ध एयर लक्ष्मीमार्ग गोल्डकपको फाईनलमा मोरङ फुटबल एकेडेमी पुगेको छ । विहीवार भएको प्रतियोगितामा चर्च व्बाईज क्लव काठमाण्डौलाई २–१ को गोल अन्तरले मोरङ विजयी भएको हो । निकै प्रतिष्पर्धात्मक खेलमा प्रतियोगिताको ३६ औं मिनेटमा मोरङका खेलाडी सन्जोग राईले पहिलो गोल गरेका थिए । उनले प्रहार गरेको बल चर्च ब्वाईजका गोल किपर विवश चौधरीले ब्लक गरेता पनि ड्रप भएको बललाई प्रहार गरि पहिलो गोल गरेका थिए । त्यसैगरी पहिलो हाफकै अतिरिक्त समयमा विवेक पौडेलको पासलाई सदुपयोग गर्दै प्रेंmकले सिधै गोल पोष्टमा प्रहार गर्दा गोलमा परिणत भएको थियो । त्यसैगरी खेललाई पुरै आफ्नो नियन्त्रणमा लिएका मोरङलाई चर्च ब्वाईजका तर्फबाट निरज बस्नेतले दोश्रो हाफको ३४ औं मिनेटमा एक फर्काएका थिए । पहिले कार्ड पाएका बस्नेतले आफ्नो डिफेन्स्बाट पोजिसन चेन्ज गरेर स्ट्राईकर खेलेका थिए । उनले गोल गरेपछि फेरि चर्च ब्वाईजले मोरङलाई बाँकी रहेको समय अवधिभर दवावमा राखेको थियो । अन्तत ः मोरङले चर्च ब्वाईजलाई २–१को अग्रता कायम राखेर उपाधिको दावेदार बन्न सफल भएको छ । प्रतियोगिताको म्यान अफ दि म्याच मोरङका विवेक पौडेल घोषित भएका छन् । शुक्रवार हुने दोश्रो सेमीफाईनल खेल विर्तामोड युनाईटेड र इलाम विच हुन क्लवका अध्यक्ष विक्रम राईले बताए ।