पानवारी । धरानमा राखिएकाे भूकम्पकाे हल्लार्इ नाप्ने यन्त्र एक्सेलेरो मिटरले पहिलाे पटक भूकम्प मापन गरेकाे छ । बुधबार बिहान भारतकाे उत्तर पूर्व काेक्राझार, अासामलार्इ केन्द्रबिन्दु बनाएर अाएकाे भूकम्पकाे ग्राउण्ड माेसन (जमिन हल्लार्इ) उक्त यन्त्रले नापेकाे हाे । ५ दशमलव ४ रेक्टर स्केलको भूकम्पले धरानकाे जमिनलार्इ ४ माइक्राे मिटर प्रतिसेकण्डका दरले हल्लाएकाे धरान उपमहानगरपालिकाका इन्जिनियर सुरज श्रेष्ठले जनाएका छन् । एक्सेलेरो मिटर भूकम्पले जमिनलाई कति हल्लायो भनेर नाप्ने यन्त्र हो । यसले भूकम्प आउँदा जमिन दायाबाया र तल माथि कति हल्लियो भनेर नाप्ने गर्दछ । सामान्यतया भूकम्पलाई रेक्टर स्केलमा नाप्ने गरिएको भएपनि रेक्टर स्केलको आधारमा जमिन कति हल्लियो भन्ने पत्ता नलाग्ने भएकाेले एक्सेलेराे मिटरले मात्रै जमिन हल्लाएकाे नाप्ने गर्दछ । सो यन्त्र काठमाडौमा मात्रै छ, धरानमा पहिलो पटक स्थानीय तहले सो यन्त्र राखेको हो ।