भद्रपुर । भद्रपुर भन्सार कार्यालय भित्र अनियमितता हुने गरेको घटना सञ्चारमाध्यममा सार्वजानिक भएपछि कारोबारीले भन्सार छलेर तस्करी गरिरहेको खुलसा भएको छ । गएराती वडा प्रहरी कार्यालय भद्रपुरले २ लाखभन्दा बढी मूल्य बराबरको सामग्रीसहित दुइजना कारोबारीलाइ नियन्त्रणमा लिएपछि तस्करी हुदै गरेको खुलसा भएको हो ।

भन्सारमा भन्सार एजेन्ट नभएको फाइदा उठाउँदै केहीदिन अघि सामान अनुसारको प्रज्ञापन पत्र नभरेको लगायतका गतिविधि सार्वजानिक भएपछि व्यापारीहरु अतालिएका थिए । भन्सारको घटनापछि आउदै गरेको चाडपर्वमा बजारमा सामान अभाव हुननदिन भन्सार छलेर उनिहरुले दायाँ–बायाँबाट काम शुरु गरेका छन् । भारत हुदै नेपाल छिराउन शुरु गरेका कारोवारी सामग्रीसहित पक्राउ परेपछि थप पोल खुल्ने भएकोले अन्य कारोबारी त्रसिद बनेका छन् ।

विषेश सूचनाको आधारमा वडा प्रहरीबाट साधा पोसाकमा खटिएका प्रहरीले भद्रपुर–४ मन्त्री चोकबाट शुक्रबार बिहान दुइ पोका सुटिङ् कपडा बरामद गरेसँगै कारोबारी डराएका छन् । भारत ठाकुरजञ्जबाट भद्रपुर स्थित पृथीवीनगर हुदै मे ३ प ४७४नम्बरको एपजेट मोटरसाइकलमा राखेर विर्तामोड तर्फ लैजादै गरेको अवस्थामा कपडा बरामद गरिएको वडाका इन्सपेक्टर प्रकाश जबेगूले जानकारी दिए । बरामद गरिएको १४ रोलमा रहेको १ सय ५५ मिटर सुटिङ् कपडा, मोटरसाइकल बरामद गरिएको इन्सपेक्टर जबेगूको भनाइ छ । कारोबारीमा सम्लग्न भद्रपुर–२ का ३१ वर्षिय धने भनिने रामबहादुर राइ र वर्ष ३२ को सुमन भनिने धनबहादुर लिम्बूलार्इ सामानसहित पक्राउ गरिएको जबेगूले बताए ।

बरामद कपडाको अनुमानित १ लाख ४७ हजार २ सय ५० र मोटरसाइकलको १ लाख १० हजार गरी २ लाख ५७ हजार २ सय ५० मूल्य कायम गरिएको वडा प्रहरीले जनाएको छ । मानिससहित बरामद सामग्रीलाइ शुक्रबार मेची भन्सार कार्यालय काँकडभिट्टा पठाइएको प्रहरीले जनाएको छ ।

त्यसैगरी वडा प्रहरी कार्यालयले विहीबार मरिच,कपडा ,सुकुमेल ,र कपडा गरी १ लाख १० हजार मूल्य बराबरको सामग्री बरामद गरेको जनाएको छ । त्यस्तै केहीदिनअघि २ लाख मूल्य बरावरको बारुदजन्य(पटका) समेत बरामद गरिसकेको छ ।