पथरी-मोरङको पथरीशनिश्चरे–१, स्थीत सुनाखरी खेलमैदानमा आयोजित प्रथम पथरीशनिश्चरे खुला नकआउट फुटवल प्रतियोगिता उद्घाटन खेलमा लेटाङ फुटवल क्वल विजयी भएको छ ।सोमबार भएको खेलमा लेटाङले आयोजक सुनाखरी युवा क्लवलाई ४–१ गोलको फराकिलो अन्तरले पराजीत गर्दै लेटाङ विजयी भएको हो । लेटाङ फुटवल क्वलले पहिलो हाफमा २ गोलले अग्रता लिएको थियो । दोस्रो हाफमा थप २ गोल गर्दै जम्मा ४ गोलले आफ्नो पक्षमा खेल पार्दै जित सुनिश्चित गरेको थियो । दुवै खेल प्रतिष्पर्धात्मक भएको खेलमा भने आयोजका तर्फवाट खेलको पहिलो हाफमा १ मात्र शान्तवना गोल र्फकाएका थिए ।

खेलको म्यान अफदि म्याच लेटाङ फुटवल क्लवका सौजन याक्खा घोषित भएका थिए ।खेललाई उद्घाटन खेलको प्रमुख अतिथि पथरीशनिश्चरे नगरपालिकाका मेयर दिलिपकुमार राईले उद्घाटन गरेका थिए । अतिथिहरु वडा नं. १ का वडाध्यक्ष बाबुराम येक्देन,वडा नम्बर २ का वडाध्यक्ष तथा नगरपालिकाका प्रवक्ता यामप्रसाद गुरागाई,वडा सदस्य पर्शुराम न्यौपाने, पथरी स्पोट्रिङ क्लबका अध्यक्ष धनकुमार तामाङ,स्थानीय समासेवी प्रदिपकुमार राई लगाएत रहेका थिए ।प्रतियोगितामा प्रथम हुनेलाई ५१ हजार १ सय ११, द्धितीय हुनेलाई ३१ हजार १ सय ११ रुपैंया साथमा ट्रफि, मेडल र प्रमाण–पत्र प्रदान गर्ने आयोजक टिमले जनाएको छ ।

प्रतियोगितामा पूर्वका ८ वटा टिम सहभागी भएका छन् । खेलमा आयोजक सुनाखरी युवा क्लव, लेटाङ फुटवल क्लव, धरान फुटवल क्लव,वेलावरी फुटवल क्वल, योसेक फुटवल क्लव, दमक फुटवल क्लव, र पथरी स्पोर्टिङ क्लव रहेका छन् ।प्रतियोगितामा उत्कृष्ट खेल प्रस्तुत गर्ने खेलाडीलाई प्रोत्साहन स्वारुप वेष्ट प्लेयर अफ दि टर्नामेन्ट विधामा नगद ५ हजार र टर्फिले पुरस्कारकृत गरि सम्मान गरिने भएको छ । खेलमा हाई स्कोरर,फेयर प्ले,उदयमान खेलाडी, वेष्ट गोल किपर,मिडफिल्डर गरि अन्य ८ विधामा उतकृष्ट खेलाडीलाई नगद सहित पुरस्कृत गरीने खेल आयोजकले जनाएको छ ।यूवा पुस्तालाई खेल तर्फ आकर्षित गर्न, खेलकै माध्यमबाट युवाहरुलाई लागुपदार्थ दुव्र्यसनिबाट टाढा राख्न र राष्ट्रिय स्तरको खेलाडि उत्पादन गरी राष्ट्रको खेलकुद बिकासमा थप टेवा पु¥याउने उद्धेश्यका साथ खेल प्रतियोगिता आयोजना गर्न लागिएको खेल सह–संयोजक रोषन पराजुलीले बताए । मंगलबारको खेल सुकुना फुटवल क्लव विराटचौक र योसेक फुटवल क्लव उर्लावारी मंगलवारे विचमा हुने आयोजकले जनाएको छ ।