काठमाडौं  /  एपिक नेपाल म्युजिक प्रालिले म्युजिक अवार्ड  गर्ने भएकाे छ ।  ५९ विधामा हुने अवार्डका  लागि फारम एपिक नेपालको कार्यलय अनामनगरबाट प्राप्त गर्न सकिने आयोजकले जनाएको छ । अवार्डमा नव कलाकार एवम् पुराना कलाकारलाई सम्मान गरिने अवार्ड कार्यक्रम निर्देशक राजेन्द्र पुरीले जानकारी दिए ।  उनका अनुसार अवार्डमा लोकदोहोरी तर्फ २१, पप तर्फ १५, दशैँ/तिहार गीतमा १६ र आधुनिक तर्फ १७ गरि कुल ५९ विधा समावेश गरिएको हो ।०७४ भदौ मसान्त देखी ०७५ भदौ मसान्तसम्म बजारमा आएको गीतलाई प्रतियोगितामा समावेश गरिने पुरीले बताएका छन् ।