विराटनगर/ विराटनगरमा जारी विराट ट्रेड एक्स्पोमा एक साताको अवधिमा ५० हजारले अवलोकन गर्दा १५ करोडको कारोबार भएको छ ।
एक सताको अवधिमा क्रिसमडेको दिन सबैभन्दा बढी एक्स्पो अवलोकन गर्न आएको आयोजक मोरङ व्यापार सङ्घले जनाएको छ । क्रिसमसडेको दिनमात्र १५ हजारले एक्स्पो अवलोकन गर्न आएको एक्स्पो संयोजक अनुपम राठीले जानकारी दिए ।
एक्स्पोमा उपभोक्ता, उद्योगी तथा व्यवसायीको आकर्षण बढेको छ । बिहीबार दिउँसोसम्म मात्र १ हजार ५ सय वटा टिकट बिक्री भएको आयोजकले जनाएको छ ।
एक्स्पोमा राखिएको आकर्षक स्टलका साथै राम्रो व्यवस्थापनले अवलोकन गर्न आउनेले प्रत्येक स्टलमा पुग्ने गरेको पाइएको छ । एक्स्पोमा उपभोक्ता निर्माण सामग्री, बैङ्क, बिमा, इलेक्ट्रोनिक्स, दैनिक उपभोग्य सामग्री, खाद्यान्न, फर्निचर, कृषिजन्य, कृषियन्त्र, हस्तकला, तयारी पोसाकलगायतका २ सय ५० स्टल राखिएको छ ।

खाना स्टलमा बिर्यानी, कबाब, मःम, चाउमिन, जलेबी, विभिन्न किसिमका चाट, बर्गरलगायतका शाकाहारी खानाका साथै मांसाहारी खाना पाउन सकिन्छ । एक्सपोमा उपभोक्ताले मनोरञ्जनात्मक कार्यक्रम हेर्न सक्छन् । एक्सपोमा ख्याती प्राप्त नेपाली तथा भारतीय कलाकारहरूको प्रस्तुति देख्न सकिन्छ ।
बालबालिकाहरूलाई खानाको स्टलबाट सोझै डाइनोसरको प्रतिमा हेर्दै विभिन्न किसिमका झुलाहरूको मनोरञ्जन लिने व्यवस्था आयोजकले गरेको छ । मेलामा पहिलो पटक गो फोर्ड कम्पनीको प्रिस्टाइल गाडी आइतबार बिक्री भयो ।
मोरङ व्यापार सङ्घका बरिष्ठ उपाध्यक्ष प्रकाश मुन्धडा र गो फोर्ड कम्पनीकातर्फबाट युवा उद्योगी देशआशिस गोल्छाले गाडी खरिदकर्ता विराटनगरका किशाोर धमलालाई साँचो हस्तान्तरण गरे ।
जिफन्टका प्रदेश १ अध्यक्ष धमलाले ३० लाख मूल्यको गाडी खरिद गर्दा ९९ हजार कम्पनीले छुट दिएको बताए ।
इन्दिरा जोशीले तताइन् एक्स्पो
कालो टिसर्ट, आर्षक पैन्ट लगाएर नेपाली साकिराको उपमा पाएकी गायिका इन्दिर जोशी विराटनगरमा जारी विराट टे«ड एक्स्पोमा आफ्नो सांगीतिक प्रस्तुतीले छुट्टै मनोरञ्जन दिइन् ।
आफै गाउँदै नाच्दै दर्शकलाई आफ्नो पकडमा पार्न सक्ने क्षमता भएकी गायिका जोशीले चर्चित गीत प्रस्तुत गरि मेला आएका दर्शकलाई भरपुर मनोजञ्जन दिइन् ।
‘उद्रेको चोली छ है त्यही र्हेन आइन्छ... बोलको गीतबाट आफ्नो प्रस्तुत प्रराम्भ गरेकी गायिका जोशीले ‘मोटरसइकलमा... सानु माया.... लगायतको एक दर्जन गीत प्रस्तुत गरिन् ।
उनले जुन गीत गाएर दर्शकलाई मनोञ्जन दिएको भएपनि सहभागी युवापुस्ताले उनलाई संगीतको तालमा ताल मिलाउदै नाचिरहेका देखिन्थो । पुस महिनामा बढेको जाडोको कुनै प्रभाह नगरी जोशीले प्रस्तुत गरेको गीतको तालमा एक्स्पोको मैदान भरी जम्मा भएको युवा–युवतीहरू नाचिरहेको दृश्य देखियो ।
यहाँ लामो समययता कन्र्सट नभएकाले पनि एक्स्पोमा दैनिक जसो चर्चितक गायक गायिकाहरूको प्रस्तुतीले मनोञ्जन दिइरहेको छ ।
बेली डान्स समेत गर्न माहिर गायिका जोशीले आफ्नो प्रस्तुती गर्दा तेन्नेरी युवाहरू मैदानमा छमछमी नाचिरहेका थिए । सांगितक प्यासले तिर्खाएझै देखिने विराटनगरका टिनेजर यूवा गायिका जोशीले चर्चित गीतहरू प्रस्तुत गरिरहदा मैदान भरी जम्मा भएका तन्नेरी युवा– यूवतीहरु गोलो घेरा बनाएर एक साथ हल्लिरहेका दिखिन्थो ।