जिरोपोइन्ट / इष्र्टन युथ क्लबले माघे संक्रान्तिको अवसरमा धरानमा पाचौँ माघे संक्रान्ति साङ्गीतिक कार्यक्रम गर्ने भएको छ ।

माघ १ गते होटल इजि राइडर्समा साङ्गीतिक कार्यक्रम गर्ने भएको हो । कार्यक्रम संयोजक अविन लिम्बुका अनुसार गायक सुशान्त केसी, पोखराको डिजे सिजल, धरानकी डिजे जेन र धरानकै स्थानीय ब्याण्ड ‘दि जुन ब्याण्ड’ को प्रस्तुति रहने छ । ‘फोहरमैला रहित धरान’ बनाउने उद्देश्यले यसपटक पनि फोहोर फाल्ने डष्टविन वितरण गरिने संयोजक लिम्बूले बिहीबारको पत्रकार सम्मेलनमा बताए ।