धरान / मोडल मनिषा सापकोटा र विजय श्रेष्ठ अभिनित नयाँ आधुनिक गीत ‘मनको कुरा मनमै तिमीले किन हो लुकाएको’ चाडै वजारमा आउने भएको छ ।
छायाँकन सकेर सम्पादनको काम भइरहेको निर्माण्ताले बताउका छन् । निर्माण टिमले निक्कै मेहनत गरेकाले परिणाम सकारात्मक आउनेमा आफू आशावादी रहेको मोडल सापकोटाले वताइन । गोदावारीको सुन्दर दृश्यहरुले गीतलाई रोमाञ्चक वनाएको छ । ‘मनको कुरा मनमै तिमीले किन हो लुकाएको’ बोलको गीतको शब्द र आवाज विजय श्रेष्ठको रहेको छ । संगीत जीतेन लेप्चाले दिएका छन् । मनिषा सापकोटाले यो समेत पाँच वटा म्यूजिक भिडियोमा अभिनय गरेकी छिन ।