धरान । धरान १५ निराजन वस्ति निवासी रमा कुरुम्भङ लिम्बु यति बेला ठूला पर्दाका चलचित्रहरुमा अभिनय गर्न व्यस्त बनेकीछन् ।
अहिलेसम्म ५ वटा नेपाली चलचित्रमा मुख्य नायिकाको भुमिका निभाइसकेकी छन् । २३ वर्षकी रमाले आफ्नो कलाकारीता क्षेत्रको सुरूवात धरानको हाम्रो डान्स सेन्टरबाट गरेकी थिइन् । पाँचौ चलचित्र ‘आरुसी’को छायाङकन सकेर गृह शहर धरानमा रहेकी रमाले छैठौ चलचित्र ‘सेवारो’को लागि समय दिइसकेकीछन् ।
हाम्रो डान्स सेन्टरमा १२ वर्षअघि प्रवेश गरेकि उ नी संस्थापक संचालक समेत रहेकी थिइन् । रमाको अग्नि, मंगोलियन हर्ट, मन त हो नामको चलचित्र रिलिज भइसकेको छ । चलचित्र ‘वैना’ रिलिज हुन वा ीरहेको छ । उनले दर्जन भन्दा वढि म्युजिक भिडियोमा काम गरिसकेकी छिन् । पछिल्लो समयमा राजेसपायल राई र मेलिना राईको आवाजमा रहेको दुर्इ चुल्ठि बाट्नेलार्इ बोलको म्युजिक भिडियो निकै चर्चामा रहेको छ ।
उदय सुव्वाको निर्देशन रहेको चलचित्र आरुसीमा रमासंग नवनायक इसक राईको जोडि देख्न सकिने उनले बताएकी छन् । वैशाख पहिलो हप्ता देशभर प्रदर्शनमा आउने तयारी भर्इरहेको आरुसीको प्रदेश १ को रमणीय ठाउहरु ताप्लेजुङ्ग, तेह्रथुम, तिनजुरे, गुफापोखरी लगायतको स्थानमा छायंकन मा गरिएको उनले बताएकी छन् ।
गणपति फिल्म्स प्रा.ली. को निर्माणमा आरुसी निर्माण भएको हो । यहि फागुन पहिलो हप्ता देखि गणपति फिल्म्सको व्यानरमा नै बन्न लागेको चलचित्र सेवारोको सुटिङ्ग हुने जानकारी दिएकी छिन् ।
