धरान/निर्देशकसँगको विवादका कारण चर्चामा आइरहने कङ्गना रनौतले ‘तनु वेड्स मनु’ को तेस्रो सिक्वेलबाट यो दूरी कम गर्न चाहेको खुलासा गरेकी छन् । अहिले उनी ‘मणिकर्णिका’ को प्रचारमा रहेकी कङ्गनाले एक अन्तरवार्ताका क्रममा उनले तनु वेड्स मनुका निर्देशक आनन्द एल रायसँगको दूरी पूर्णरूपमा हटाउने बताएकी हुन् ।
कङ्गनाको क्वीनपछि सर्वाधिक हिट भएको फिल्म हो तनु वेड्स मनु–२ । उक्त फिल्मका कारण निकै चर्चित बनेको कङ्गनाका त्यसपछिका फिल्महरू पनि फ्लप बनेका थिए । कङ्गना आफैले आनन्द एल रायसँग तनु वेड्स मनुको तेस्रो सिक्वेलमा खेल्ने उद्घोष गरेकी हुन् ।
धेरैले उनीहरूको विवादका कारण तेस्रो सिक्वेल बन्दैन भनेर हल्ला गरेका थिए । त्यही हल्लालाई प्रमाणित गर्नका लागि पनि आनन्द एल राय फिल्म बनाउने तयारीमा रहेको बताएका छन् । उनले आफूले पनि त्यस फिल्ममा कङ्गनालाई नै लिने बताए ।
तर, अहिले मणिकर्णिकाका कारणले निकै व्यस्त रहेकीले पनि कुरा गर्न नसकिरहेको निर्देशक आनन्द एल रायले बताएका छन् । आनन्दले भनेका छन्, ‘थाहा छैन, कसले तनु वेड्स मनु बन्दैन भनेर । यस्ता किसिमको हल्ला कसले फिजाउँछन् ।’