पथरी/ मनिषा फिल्मस् प्रालिको ब्यानरमा नेपाली फिल्म ‘रातो गलबन्दी’ निर्माण हुने भएको छ ।

पत्रकार भेटघाटमा निर्माण पक्षले छायाङ्कनको चरणमा रहेको बताएका छन् । करिब ९० लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको चलचित्रको छायाङ्कन पूर्वका रमणीय स्थलहरूमा हुने निर्माता हिमाल कडरियाले बताए ।

निर्माता कडरियाका अनुसार चलचित्रको छायाङ्कन मोरङको पथरीस्थित भुटानी शरणार्थी शिविरबाट शुरु भइसकेको छ । फिल्ममा केकी अधिकारी, बुद्धि तामाङ, रमेश बुढाथोकी, कोशिष क्षेत्री, अर्जुन गुरुङ, यज्ञबहादुर कटुवाल ‘चुप्पी डन’ लगायतको अभियन रहेको छ ।

प्रेमकथामा आधारित फिल्ममा गाउँ–शहरका परिवेशहरू समेटिने निर्देशक मनिष थापाले बताए । हिमाल कडरियाको कथामा बन्न लागेको फिल्मलाई सुमन योन्जनले छायाङ्कन गरिरहेका छन् ।