ब्लाष्टखबर । स्वासप्रश्वासमा समस्या देखिएपछि एक साता अगाडि उनलाई अस्पतालमा भर्ना भएका नेपाली चलचित्र क्षेत्रका सफल कलाकार बीएस राणाको निधन भएकाे छ । काठमाडौंको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा उनको निधन भएको हो ।
उनले अभिनय गरेका चलचित्रहरु दासढुंगा, बसन्ती, दर्पण छाया २, सेतो बाघ, हवल्दार सुन्तली, सम्बोधन, काफल पाक्यो, साथी म तिम्रो, आई एम सरी, कसले चोर्यो मेरो मन, दाग’ चर्चित छन् ।