पथरीशनिश्चरे/ उनको कलाकारिताले उनलाई फराकिलो बनाउँदैछ । लामो समयदेखिको उनको ग’म्सिएको चाहना पेजेन्ट नेपाल काठमाडौंले बाहिर ल्याइदियो । जसबाट सुनसरी इटहरी ९ का सागर श्रेष्ठको प्रतिभाको आकाश फराकिलो बन्न पायो । अर्थात उनले पेजेन्ट नेपाल पूर्वाञ्चल फेसन सो २०१८ को उपाधि हात पारे ।

विराटनगरमा सम्पन्न प्रतियोगिताको सयौं प्रतियोगीबाट उत्कृष्ठ ५० लाई फाइनल प्रतिष्पर्धामा उतारिएको थियो । ती मध्येबाट २५ वर्षिय हँसमुख सागरले विजेताको उपाधि मात्र होइन पब्लिक च्वाइसको समेत गरी दोहोरो उपाधि हात पारे । ‘प्रतियोगितामा त्यस्तो उत्कृष्ठ पुरस्कार प्रदान नभएपनि मैले धेरै कुरा सिक्ने र आफ्नो मोडलिङको इच्छालाई सबै सामु प्रस्तुत गर्न पाउँदा ज्यादै खुसी छु । ’– उनले भने ‘यसले मेरो कलाकारिताको क्षेत्रलाई हौस्याएको छ ।’

आयोजकले नगद सहितको पुरस्कार दिने भन्ने पहिले घोषणा गरेपनि नगद पुरस्कार भनें प्रदान नगरी विजेताहरुलाई थाइल्याण्ड सहभागि गराउन लाने कुरामा कार्यक्रम टुंगिएको उल्लेख छ । दर्शकलाई टिकट काटेर ड्रिम गार्डेन प’ष्पलाल चौकमा कार्यक्रम हेर्न बोलाइएको थियो ।

कार्यक्रममा, गायकहरु आनन्द कार्की, सिताराम पोखरेल, श्रीकृष्ण लुईटेल, सुनिता कटुवाल, कृष्ण काफ्ले, सपन श्रेष्ठ, नीतु कोइराला र डोर्वाे विस्कोका प्रस्तुति पनि थिए । त्यही प्रस्तुतिकाबीचमा खचाखच दर्शकमाझ सागरले र्याम्पमा सबैको मन जिते ।

हँसिला, रसिला र फुर्तिला उनी पेशाले प्राविधिक अमिन हुन् । ३१ किलोमिटर टाढाको पथरीशनिश्चरे नगरपालिका कार्यालयमा १० देखि ४ बजेसम्मको जागिर भ्याएर उनी बाँकी समय कलाकारिता र प्राध्यापनमा खर्चिने गर्छन् । विहान ८ वजेसम्म इटहरीस्थित होराइजन इन्जिनियरिङ कलेजमा जीआइएस विषय पढाउँछन् र खाना खाएर पथरीशनिश्चरे पुग्छन् ।

‘हतारो र व्यस्त समयका बाबजुद जागिर भन्दा बिल्कुल फरक सृजनशील कामले मलाई अझ रमाईलो अन’भव भइरहेको छ ।’– उनले हाँस्दै भने ।
उनले यसअघि म्य”जिक भिडियोमा अभिनय गर्न थालिसकेका थिए ।

सुन्दरहरैंचास्थित गोठगाउँका कृष्ण खवासको शब्द , संगीत र स्वरको आधुनिक गीत ‘ओ माई लभ’ को सागरलाई मोडेल बनाएर स’टिङ सकिएको छ । खवासकै ‘जीवन जिउन’ अति उत्तम’ बोलको गीत अव सागर नै मोडेल भएर सुटिङ सुरु हुँदैछ । यसका साथै गायक राजेशपायल राईले गाएको गीतमा पनि मोडलिङको कुरा हुँदै गरेको उनले सुनाए ।