धरान/ गायिका विष्णु माझी र गायक राजु मगरको आवाज रहेको ‘सम्झनाले रुवायो’ लोकदोहोरी गीतमा बिमल अधिकारी र साया भण्डारीको प्रेम प्रसङ्ग देखाइएको छ ।
उक्त गीतको भिडियो सार्वजनिक भएको छ । मायालुको अभावमा भौतारिनु पर्दाको अवस्थालाई गीतमा समेटिएको छ । मायालुले जीवनमा छोड्दा मनमा पीडा भएको कुरा गायकले गरेका छन् । राजु मगर र सुरेश मगरको गीतमा शब्द र लय सुरेश मगरकै छ ।
मुकेश हुमागाईँको छायाङ्कन , अविनास डिसीको सम्पादन रहेको गीतको निर्देशन बविता श्रेष्ठले गरेकी छन् ।