जिरोपोइन्ट /  धरान प्रज्ञा प्रतिष्ठानको आयोजनामा यहि माघ २५ गते धरान उपमहानगरस्तरीय लोकनृत्य प्रतियोगीता २०७५ हुने भएको छ ।
धरान ८ मा रहेको सभागृह हलमा उक्त प्रतियोगीता हुन लागेको बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो । धरानका नीजि तथा सामुदायक विद्यालयहरूबीच र धरानमा रहेको डान्स सेन्टरहरूबीच गरी २ भागमा लोकनृत्य प्रतियोगीता गराउन लागिएको पत्रकार सम्मेलनमा बताइएको छ ।
धरानका कलागत, रङ्गमञ्चिय, एवम् सांस्कृतिक क्षेत्रको संरक्षण र प्रवद्र्धन गर्नका लागी धरान प्रज्ञा प्रतिष्ठानले विभिन्न कार्यक्रमहरूको आयोजना गर्दै आएको छ । नृत्य प्रतियोगीतामा सहभागी हुनका निम्ति कुनै पनि शुल्क नलाग्ने बताइएको छ । नृत्यका लागी फिल्मी लोक गीतलाई मान्यता दिइने छैन ।
प्रतियोगीताको निर्णय ताल, मौलिकता, हाउभाउ, प्रस्तुति र नृत्यको आधारमा हुनेछ । विद्यालय र डान्स सेन्टर दुबै समूहको प्रतियोगीतामा प्रथम हुनेलाई नगद १५ हजार प्रदान गरिनेछ । दोस्रो हुनेले १० हजार प्राप्त गर्नेछ भने तेस्रो हुनेले ५ हजार रूपैयाँ प्राप्त गर्नेछ ।