पथरी/ नेपाल आइडल सिजन–१ का फाइनलिष्ट प्रताप दास पथरी आउने भएका छन् ।

पथरी बजारमा स्थापित रेडियो रिदमको आयोजनामा फागुन ४ गते हुन लागेको साङ्गीतिक साँझमा दास पथरी आउन लागेका हुन् । मङ्गलबार रेडियो रिदममा आयोजित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार दाससँगै हाँस्य गायक श्रीकृष्ण लुइटेल (बोकेदारी), सोसला आइडल टप ६ का प्रतिष्पर्धी राज लोहार, स्थानीय हाँस्यव्यङ्ग्य कलाकार जीपी जोडी अर्थात् गणेश भट्टराई र प्रवीन कोइरालाले प्रस्तुति दिँदै छन् ।

कार्यक्रमबाट सङ्कलितमध्ये केही प्रतिशत रकम सामाजिक कार्यमा खर्च गरिने सञ्जीव महराले बताए ।